काठमाडौं । कार्तिक ६ गते मंगलबार नेप्से परिसूचक २६६५.८१ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २५.८८ अंकले बढेको छ।
४ अर्ब १७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ४३ करोड ६६ लाखको कारोबार भएको छ जसमा २४ करोड ४४ लाखको खरीद छ भने १९ करोड २२ लाखको विक्री छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट १८ करोड ४९ लाखको खरीद छ भने १४ करोड ५३ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।