IME Life
GBIME

स्टाइलिस लुक अनि गज्जबका फिचरहरु ! बजाजले ल्यायो नयाँ पल्सर एन-१२५

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । भारतको अग्रणी दुईपांग्रे सवारी उत्पादक कम्पनी बजाज अटोले लामो समयको प्रतीक्षापछि अन्ततः आफ्नो नयाँ बजाज पल्सर एन–१२५ घरेलु बजारमा बिक्रीका लागि औपचारिक रुपमा सार्वजनिक गरेको छ।

आकर्षक लुक्स र शक्तिशाली इन्जिनले सुसज्जित यस किफायती बाइकको प्रारम्भिक मूल्य भारु ९४ हजार ७०७ (एक्स शोरुम) तोकिएको छ। कम्पनीले यो बाइकलाई स्पोर्टी लुक र डिजाइनका साथमा अत्याधुनिक फिचर्सले सुसज्जित गरेको छ।

Crest

कम्पनीले नयाँ पल्सर एन–१२५ मा सहरी केन्द्रित डिजाइन दिएको छ। यसलाई विशेषगरी सहरी सवारीलाई अझ राम्रो बनाउने गरी डिजाइन गरिएको छ। यसलाई नेक्ड स्ट्रिट फाइटरका रुपमा डिजाइन गरिएको छ। जुन ट्रेन्डी ग्राफिक्सले सजाइएको छ। यसबाहेक स्कल्पेटेड फ्युल ट्यांकी र फ्लोटिङ प्यानलले यस बाइकको लुकलाई अझ स्पोर्टी बनाएको छ।

यस बाइकमा कम्पनीले १२४.५८ सीसी क्षमताको सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन दिएको छ। जसले १२ पीएस पावर र ११ एनएमको टर्क जेनेरेट गर्छ। यो बाइकको पावर टु वेट रेसियो निकै राम्रो रहेको कम्पनीको दाबी छ। जसले बाइकलाई उत्कृष्ट गति प्रदान गर्न मद्दत गर्छ।

यो बाइक पल्सर रेन्जको पहिलो मोडल हो। जुन इन्टिग्रेटेड स्टार्टर जेनेरेटर (आईएसजी) प्रविधिले सुसज्जित छ। यो प्रणालीले बाइकलाई चुपचाप स्टार्ट गर्न अनुमति दिन्छ। यस्तै प्रविधि होन्डा मोटरसाइकलमा पनि देख्न सकिन्छ।

यो बाइकको कुल तौल १२५ केजी छ र यसको सिटको उचाइ ७९५ एमएम छ। जसले कम कदका व्यक्तिलाई पनि आरामदायी राइडिङ पोजिसन दिन्छ। यो बाइकलाई १९८ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ। जसले खराब सडकमा पनि राम्रो प्रदर्शन गर्न मद्दत गर्छ।

कम्पनीले पल्सर एन १२५ दुई भेरियन्टमा ल्याएको छ। जसमा एलईडी डिस्क ब्लुटुथ र एलईडी डिस्क समावेश छ। यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलको साथ ब्लुटुथ कनेक्टिभिटीको सुविधा रहेको छ। जसबाट प्रयोगकर्ताले बाइकलाई आफ्नो स्मार्टफोनमा जोड्न सक्छन्। यसमा कल एक्सेप्ट÷रिजेक्ट, मिस्ड कल, म्यासेज अलर्ट र फ्युल इकोनोमीबारे जानकारी उपलब्ध छ। बाइकमा यूएसबी चार्जिङ पोर्ट पनि दिइएको छ।

कम्पनीले नयाँ पल्सरलाई थुप्रै भाइब्रेन्ट कलरमा ल्याएको छ। यसको एलईडी डिस्क ब्लुटुथ भेरियन्ट इबोनी ब्ल्याक र पर्पल फ्युरी, इबोनी ब्ल्याक र ककटेल वाइन रेड, प्युटर ग्रे र सिट्रस रस कलरमा आउँछ। एलईडी डिस्क भेरियन्ट पर्ल मेटालिक ह्वाइट, इबोनी ब्ल्याक, क्यारेबियन ब्लू, ककटेल वाइन रेड कलर अप्सनमा उपलब्ध छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS