GBIME
IME Life

बीमा क्षेत्रमा ट्रेनी असिस्टेन्टबाट छिरेका सुरज अहिले क्षेत्रीय प्रबन्धक, भन्छन्ः चुनौती नै अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चुनौतीलाई अवसरका रुपमा आत्मासाथ गर्दै अगाडि बढेका व्यक्ति हुन्, सुरज काफ्ले। जुनसुकै अवस्थामा गुज्रिरहेका मानिसमा चुनौतीलाई सामना गर्ने शक्ति भयो भने अवश्य पनि सफलता पाउन सक्छ भन्ने धारणा बोकेका सुरजले आज पनि यही सिद्धान्तलाई लिएर अटुट यात्रामा हिँडिरहेका छन्। हाल सुरजले सिटिजन लाइफमा इनरुवा क्षेत्रीय प्रबन्धकको जिम्मेवारी सम्हालिरहेका छन्।

२०३७ सालमा सुनसरी जिल्लाको इनरुवा नगरपालिका–१ मा जन्मिएका सुरजको बाल्यकाल सामान्य रुपमा नै बित्यो। उनले आफ्नो जन्मथलोबाट समाजशास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका छन्। उनका बुवा जिल्ला अदालतमा सरकारी जागिरे थिए। बुवा सरकारी जागिरे भए पनि दुःख गर्दै हुर्किएका सुरजले सानैबाट मेहनत गर्न सिके। दुःख गर्दै उनले आफू कक्षा ८ मा पढ्दा–पढ्दै ट्युसन पढाउँदै आफू पढ्दै गरे। सुरज सानैबाट मेहनत गर्ने माहोलमा हुर्किए। त्यही ट्युसन पढाएर आएको पैसाले आफ्नो इच्छाहरु पूरा गरेको स्मरण गर्दै सुरजले भने, ‘बुवा सरकारी जागिरे भए पनि सानो पोस्टमा हुनुहुथ्यो। पारिवारिक अवस्था सामान्य नै थियो। दुःख गर्दै हुर्कियौँ। सानैबाट दुःख गर्नुपर्ने रहेछ भन्ने बुझियो। मैले एसएलसी पास गर्नेबित्तिकै एउटा सहकारीमा काम गरेँ। त्यहाँ काम गरेको पहिलो तलबले आईए (११ कक्षा) को अंग्रेजी किताब किनेको थिएँ। सानैबाट दुःख, मेहनत र परिश्रमलाई बुझेर होला आज पनि त्यही माहोलमा रमाउन मन लाग्छ। दुःख भयो भन्ने कहिले पनि लाग्दैन।’

SKYWELL
Crest

सुरज अहिले आफ्नो एरियामा रहेका पाँचवटा शाखा कार्यालयको निगरानी गरिरहेका छन्। उनले आफ्नो एरियामातहत रहेका शाखामा बीमाका नीतिगत कानुनी व्यवस्था आफूले पालना गरी कर्मचारी, अभिकर्ता र आफ्नो टिमलाई कार्यान्वयनमा ल्याउने, नियमनकारी निकायको निर्देशन पालना गर्ने गराउने, रिपोर्टिङ गर्ने, अभिकर्ता र कर्मचारीको क्षमता विकासका लागि समय–समयमा विभिन्न शाखामा तालिम गराउने, कम्पनीको व्यावसायिक उद्देश्य पूरा गर्न लागिपर्ने, कामको योजना बनाउनेलगायतका काम गर्दै आइरहेका छन्।
 सुरजले बीमामा सबैको पहुँच विस्तार गर्न आफ्नो एरियाभरिका विभिन्न ठाउँ गएर बीमा शिक्षा र बीमा सचेतना वृद्धि हुने खालका कार्यक्रम आयोजनासमेत गर्दै आइरहेका छन्।

यसरी जोडिए बीमा क्षेत्रमा
बीमा क्षेत्रमा आउनुअघि सुरज सहकारी संस्थामा काम गर्थे। सोही क्रममा उनका छिमेकी दाइ पर्ने दामोदर रेग्मी (हाल जीवन विकास लघुवित्तका डेपुटी सीईओ)ले ‘सुरज भाइ तिमी जस्तो ट्यालेन्ट, विश्वासिलो मान्छे सहकारीमा बसेर हुँदैन। अब फड्को मार्नुपर्छ। सहकारीको जागिर छोड्नुपर्छ’ भन्ने सल्लाह दिए। उनै दाइले सुरजलाई साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा जागिरका लागि कुरा गर्दिए। सोही समयमा साविक प्राइम लाइफमा जागिर खुलेको रहेछ। त्यसपछि सुरजले जागिरका लागि अन्तर्वार्ता दिए। अन्तर्वार्ता पास पनि गरे। अन्ततः उनले २०६६ सालमा साविक प्राइम लाइफमा ट्रेनी असिस्टेन्टको भूमिकामा नियुक्तिपत्र पाएर काम गर्न थाले। सुरजका लागि बीमा क्षेत्र नयाँ थियो। तर, पनि उनले बीमा भने बुझेका थिए। जहिले पनि चुनौतीलाई अवसरका रुपमा लिएर अगाडि बढ्ने भएर पनि होला सुरज काम गर्न कहिले पनि गाह्रो नभएको बताउँछन्।

सुरज साविक प्राइम लाइफमा जुनियर अफिसरसम्म भए। उनले त्यस कम्पनीमा हुँदा पनि राम्रो काम गरे। उनले सो कम्पनीका पाँच वर्ष काम गरेर नयाँ अवसरको खोजीमा अर्को कम्पनी जाने निधो गरे। साविक प्राइम लाइफमा पाँच वर्षको यात्रालाई बिट मारेर सुरज साविक सूर्य लाइफमा गए। साविक सूर्य लाइफमा पनि सुरजले ३ वर्ष काम गरे। साविक सूर्य लाइफमा उनी असिस्टेन्ट म्यानेजरको भूमिकामा ३ वर्ष काम गरी छोड्ने निधो गरे।

बीमा क्षेत्रमा एकैपटक १० वटा कम्पनीले लाइसेन्स लिएर बजारमा आएका थिए। त्यही समयमा सुरजले पनि नयाँ अवसरको खोजीमा साविक सूर्य लाइफबाट बाहिरिने निधो गरी त्यहाँ आफ्नो ३ वर्षको यात्रालाई बिट मारे। गरिरहेको जिम्मेवारीभन्दा फरक अनि नयाँ अवसर पाउने आशामा सुरजले साविक सूर्य लाइफको जागिर छोडे। त्यसपछि पनि सुरजका लागि धेरै कम्पनी नयाँ खुलेका थिए। तर, पनि उनीसँग साविक सूर्य लाइफमा काम गर्ने मार्केटिंग हेड कवि फुयाँल सिटिजन लाइफमा थिए। फुयाँलले ‘सिटिजन लाइफ राम्रो छ। नयाँ जोश–जाँगरका साथ बजारमा आएको छ। राम्रो छ’ भने। त्यसपछि सँगै काम गरेका फुयाँलको सल्लाहमा सुरजले २०७४ सालमा सिटिजन लाइफमा ज्वाइन भए।
साविक सूर्या लाइफ र प्राइम लाइफमा पनि हरेक टार्गेट मिट गरेर राम्रो प्रदर्शन गरिरहेका सुरज २०७४ सालमा सिटिजन लाइफमा प्रवेश गरेका हुन्। सिटिजन लाइफको स्थापनाकालबाटै सुरज साखा प्रबन्धक हुदै हाल क्षेत्रीय प्रबन्धकको भूमिकामा छन्।

वित्तीय क्षेत्रमा सधैँ एउटै कम्पनीमा काम गर्नुभन्दा फरक–फरक कम्पनीमा काम गर्दा आफू पनि अब्बल भइने हुँदा पनि सुरजले कम्पनी परिवर्तन गरी सिटिजन लाइफमा आएको बताए। सिटिजन लाइफको म्यानेजमेन्ट टिम, पोलिसी, व्यवस्थापन, कर्मचारी म्यानेजमेन्टलगायतका धेरै कुराले सुरजलाई आकर्षित गरेको थियो।

अभिकर्तालाई प्रेसर नदिई हौसला दिँदै काम गराउनुपर्ने सुरजको भनाइ छ। ‘काम गर्नेलाई पोजेटिभ इनर्जीको जरुरत पर्दछ। अभिकर्ता कम्पनीका मेरुदण्ड हुन्। उनीहरु कम्पनीका प्रतिनिधि पात्र हुन्’, उनले भने, ‘त्यसैले अभिकर्तालाई फकाएर, हौसला दिएर, ट्रेनिङ दिएर काम गरायो भने कम्पनी पनि सफल हुन्छ।’
‘सिटिजन लाइफले सधैँ अभिकर्ता र कर्मचारीलाई सपोर्ट गर्छ। हामी जहिले पनि अभिकर्तालाई कसरी सक्षम बनाउने भन्नेतर्फ नै केन्द्रित हुन्छौँ। बीमा कम्पनीका लागि पहिलो प्राथमिकता नै अभिकर्तालाई राखेर हिँड्यो र उनीहरुलाई सक्षम बनायो भनेमात्रै कम्पनी दीर्घकालीन लक्ष्य पूरा गर्न सक्छ’, सुरज भन्छन्, ‘अभिकर्ता पनि सबल र सक्षम भएरमात्रै मार्केटमा जानुपर्छ।’

बीमा क्षेत्रमा जस्तोसुकै प्रवृत्तिका अभिकर्ता भित्रिए पनि कम्पनीले उनीहरुलाई बीमासम्बन्धी ज्ञान दिएर, बीमा बुझाएर दीर्घकालीन टिक्ने गरी अवसर सिर्जना गर्यो भने जस्तोसुकै अभिकर्ता पनि दीर्घकालीन हुने सुरजको भनाइ छ। अभिकर्ता बीमा बजारमा दीर्घकालीन भयो भने बीमा बजार पनि राम्रो हुने उनको बुझाइ छ।

बीमा क्षेत्रमा नयाँ कर्मचारी भित्र्याउने प्रवृत्तिभन्दा पनि पुराना कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा सुरज जोड दिन्छन्। सुरजको नजरमा ‘पहिलाभन्दा अहिले बीमा बुझाई फराकिलो भएको छ। अहिले आफैँले मेरो पनि बीमा गर्न पर्यो भनेर बीमा कम्पनीमा मानिसहरु आइरहेका हुन्छन्।’

‘सहकारी र बीमालाई मानिसहरुले एउटै सोच्छन्। तर, बीमा कम्पनीले गर्ने काम र सहकारीले गर्ने काम नै फरक छन्’, सुरजले भने, ‘त्यसकारण मानिसहरुलाई सहकारी र बीमाबीचको फरक भनेर बीमा बुझाउन सक्यो भने बीमा गर्न गाह्रो छैन।’

अहिले वास्तवमा आर्थिक मन्दी नभएको सुरज बताउँछन्। ‘धेरै नेपाली युवा अहिले विदेश पलायन भइरहेका छन्। उनीहरुको आम्दानी घटेको छैन। उनीहरुले पठाएको पैसाबाट नेपालमा रेमिट्यान्स भित्रिएको छ’, उनी भन्छन्, ‘खेती–किसानी गर्न मान्छेहरुले छोडेका छैनन्। अनि आर्थिक मन्दी भएको छैन। बीमा बुझाएर स–साना पोलिसी गराउन सकिने अवस्था छ।’

सटिजन लाइफको सबैजसो कारोबार डिजिटल नै हुने गरेको सुरजले बताए। ‘कम्पनीको डिजिटल अवधारणाले बीमा गराउन र गर्न सहज भएको छ’, उनको अनुभव छ, ‘डिजिटल भएपछि मानिसहरुमा विश्वास बढेको छ, सिटिजन लाइफमा धेरैजसो कारोबार त डिजिटल माध्यमबाटै हुन्छ। यो हुँदा ग्राहकलाई कम्पनी आउनुपर्ने र कुर्नुपर्ने झन्झट हटेको छ।’

सधैँ बीमितको हितलाई समर्थन गर्दै सिटिजन लाइफ अगाडि बढ्नेमा सुरज विश्वस्त छन्। कम्पनीप्रति आभार व्यक्त गर्दै सुरजले भने, ‘कम्पनीको टिम आफ्नो परिवार जस्तो भएको छ। सिटिजन लाइफमा सहज रुपमा काम गर्ने वातावरण छ। पारिवारिक माहोल छ। कम्पनीको उच्च व्यवस्थापन टिमले सधै प्रेरणा र हौसलाा दिएर काम गराएको छ। स–साना गल्तीमा आफ्नो घरको अभिभावक जस्तै गरी सीईओ सर, मार्केटिङ चिफलगायत उच्च व्यवस्थापनको टिमले सम्झाएर अगाडि बढ्न प्रेरित गर्नुहुन्छ। योभन्दा खुसी अरु केहीमा लाग्दैन। रमाएर काम गर्न पाएको छौँ। यसमा मलाई सिटिजन लाइफमा काम गर्नु नै गर्व लाग्छ।’

सुरजले आफ्नो एरियामात्रै सफल र सक्षम बनाउन नभई समग्र कम्पनीको बीमा व्यवसायलाई नै राम्रो बनाउने हेतुले अगाडि बढ्ने गरेको प्रतिबद्धता जनाएका छन्। बीमा क्षेत्रमा प्रवेश गरेको १६ वर्षको दौरानमा सबैभन्दा राम्रो कम्पनी नै सिटिजन लाइफ रहेको र आगामी दिनमा पनि राम्रो बनाउनेतर्फ कम्पनी अग्रसर रहिरहनेसमेत उनले वाचा गरेका छन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS