काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २५ दशलमव ८८ अंकले बढेर २,६६५ को विन्दुमा कायम भउको छ । आज १९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको १३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।