IME Life
GBIME

२५ अंकले बढेको बजारमा ४ अर्ब १७ करोडको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लगातार २ दिन घटेको बजारमा आज भने हरियाली छाएको छ । आज शेयर बजार नेप्से परिसूचक २५ दशलमव ८८ अंकले बढेर २,६६५ को विन्दुमा कायम भउको छ । आज १९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको १३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ८६ प्रतिशतका दरले कमाएका छन् । मनकामना इन्जिनियरिङका लगानीकर्ताले ७ दशलमव ८२ प्रतिशतका दरले कमाएका छन् । थ्रीस्टार हाइड्रोका लगानीकर्ताले ६ दशलमव ३६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS