काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको संचालक समितिको कात्तिक ५ गतेको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरी उक्त प्रस्ताव बिद्युत नियमन आयोगमा स्वीकृतिको लागि पठाउने जनाएको छ ।
हाल कम्पनीको चुक्तापूँजी ४९ करोड २५ लाख रहेको छ। हकप्रद शेयर निष्काशनबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने छ । बाँकी रहेको रकम १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधिन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना (९ मेगावाट) का लागि आवश्यक स्वपूँजीमा लगानी गर्ने कम्पनीको भनाई छ ।