GBIME
IME Life

नेशनल लाइफको कोशी प्रदेश स्तरीय भेला सम्पन्न, अध्यक्षमा शाही चयन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमकः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कोशी प्रदेश स्तरीय भेला सोमबार इटहरीमा सम्पन्न भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध अभिकर्ताहरुको व्यवसायिक सुरक्षा हकहित र एकताको निम्ति देशैभरी सातै प्रदेशमा कमिटी विस्तार गर्ने संघको अभियान अन्तर्गत कोशी प्रदेशमा पहिलो पटक कोशी प्रदेश स्तरीय कमिटी गठन गरिएको हो । संघले ७ गते २ नम्बर प्रदेशमा भेला आयोजना गर्ने भएकोछ ।

इटहरीको क्यान होटलमा सम्पन्न सो भेलाले किशन शाहीको संयोजकत्वमा २१ सदस्यीय कोशी प्रदेश कमिटी चयन गरेको छ । पेशागत बीमा अभिकर्ता संघ बिमकः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बरिष्ठ उपाध्यक्ष दिपा वलीको सभापतित्व एवं संघको केन्द्रिय उपाध्यक्ष दिपक अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट एक महिला उपाध्यक्ष सहित तीन उपाध्यक्ष र एक महिला सहसचिव सहित ३ सहसचिव रहने विद्यानमा व्यवस्था भए बमोजिम २१ सदस्यीय समिति सर्बसम्मत चयन गरेको छ ।

SKYWELL
Crest

समितिको उपाध्यक्षहरुमा सुर्यवहादुर घिमिरे, युवराज डंगोल(दमक), महिला उपाध्यक्षमा एलिसा आले मगर(उर्लाबारी),सचिव यम कुमार राई(विर्तामोड),सहसचिवमा ध्रुवकुमार अधिकारी(दमक),चन्दा रबिदास(विराटनगर),केवी ठकुरी (गाईघाट),कोषाध्यक्षमा देवेन्द्र प्रसाई चयन भएका छन् ।

सदस्यहरुमा जेवी राई(खोटाङ),नारायण प्रसाल खरेल(दमक),धनवहादुर तामाङ,पूर्ण लिम्बू(लेटाङ) सन्तवहादुर तामाङ(इटहरी),भोला साह(इटहरी),पवित्रा प्रसाई(ताप्लेजुङ),भरत कडेल,सत्रुघन श्रेष्ठ(विराटनगर),चित्रसेन राई,सुवास राई,कविता अर्याल चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुलाई पेशागत बीमा अभिकर्ता संघका केन्द्रिय उपाध्यक्ष कार्यक्रमका प्रमुख अतिथी समेत रहेका दिपक अर्यालले बधाई तथा शुभकामना दिएका थिए । बीमा क्षेत्रमा अभिकर्ताको भूमिका र अभिकर्ताको योगदानको बारेमा चर्चा गर्दै अर्यालले उत्प्ररणात्मक मन्तब्य राखेका थिए ।

प्रदेश भेलामा संघका केन्द्रिय सहसचिव यतिराज अधिकारीले कार्यक्रमको औचित्व र उदेश्य माथी प्रष्ट पारे । कोशी प्रदेश प्रमुख नरेन्द्र राइले संगठनको नाममा हुने अराजक गतिवीधिलाई निस्तेज पार्दै रचनात्मक भूमिका निर्वाह गरी अघि वढ्न सके संगठन मार्फत समग्र बीमा व्यवसायलाई फाइदा हुने बताए ।

केन्द्रिय सदस्यहरु टिका खरेल ,नेपालमान श्रेष्ठले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विराटनगर, दमक, संखुवासभा लगायतको विभिन्न जिल्लामा आवद्ध अभिकर्ताहरु सहभागिता रहेको थियो ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS