काठमाडौं । आज शेयर बजार भारी अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ५७ दशलमव ९९ अंकले घटेर २,६३९ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ८२ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।