GBIME
IME Life

दुई महिनामा वाणिज्य बैंकहरुबाट गयो रु. ७९.१४ अर्ब शेयर लोन, कुनबाट कति ? (सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा वाणिज्य बैंकहरुबाट ७९ अर्ब १४ करोड रुपैयाँ बढी शेयर धितो कर्जा गएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्म १९ वटा वाणिज्य बैंकबाट ७९ अर्ब १४ करोड १० लाख रुपैयाँ शेयर धितो कर्जा गएको हो। वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्डले भने शेयर लोन प्रवाह गरेको छैन।

SKYWELL
Crest

तथ्यांकअनुसार यो दुई महिना सबैभन्दा बढी शेयर लोन दिनेमा नबिल बैंक रहेको छ। यो बैंकबाट १० अर्ब ५२ करोड ८१ लाख रुपैयाँ शेयर लोन गएको छ।

दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। ग्लोबल आइएमईले दुई महिनामा ९ अर्ब ६७ करोड १४ लाख रुपैयाँ शेयर लोन दिएको छ।

धेरै शेयर लोन प्रवाह गर्ने तेस्रो बैंकमा नेपाल बैंक रहेको छ। यो बैंकले ७ अर्ब २९ करोड ८९ लाख रुपैयाँ शेयर लोन दिएको छ।

यसैगरी भदौसम्म सिद्धार्थ बैंकले ७ अर्ब १६ करोड ६४ लाख रुपैयाँ, कुमारी बैंकले ६ अर्ब ६० करोड १७ लाख रुपैयाँ, सिटिजन्स बैंकले ५ अर्ब २७ करोड ५६ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ५ अर्ब २७ करोड २७ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ८ करोड ३४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ३ अर्ब २१ करोड ५७ लाख रुपैयाँ र प्रभु बैंकले ३ अर्ब ९ करोड २० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्।

भदौसम्म नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ४ करोड ३८ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८३ करोड ३७ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ८० करोड ३६ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ८४ करोड ८२ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले ४३ करोड ४६ लाख रुपैयाँ शेयर लोन दिएका छन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS