IME Life
GBIME

आज दुई कम्पनीको साधारण सभा हुँदै, के-के छन् एजेन्डा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साहस उर्जा लिमिटेड र अरुण काबेली पावर लिमिटेडको साधारण सभा आज कात्तिक ४ गते हुँदैछ । साहस उर्जा लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२१ प्रतिशत नगद गरी जम्मा ८.४२१ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले आज कात्तिक ४ गते साधारण सभा बोलाएको हो ।

सभा कार्की ब्यांकेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । बोनस शेयर वितरणपश्चात् कायम हुने चुक्ता पूँजीको १ः१ अनुपातमा ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको ३७ करोड ८० लाख कित्ता हकप्रद निष्काशन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि साहसले असोज १३ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, त्यसभन्दा अघिसम्म नियमअनुसार कायम सेयरधनीले लाभांश पाउन सक्नेछन् ।

Crest

त्यस्तै, अरुण काबेली पावर लिमिटेडले यसपटक सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीले आज कात्तिक ४ गते आइतबार वार्षिक साधारण सभा डाकेको हो । सभा, होटल क्रिष्टल, गौशाला, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले १ः१ अुनपातमा हकप्रद निष्काशन गरी संकलित रकमबाट काबेली–ए जलविद्युत आयोजनाको शेयरमा लगानी गर्ने संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज १८ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजभन्दा अघिसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नछन् ।

 

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS