काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइ प्रहरीले पक्राउ गरेको छ। उनलाइ पार्टीको केन्द्रिय कार्यालयबाट प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रहरी उपरिक्षक होबिन्द्र बोगटी नेतृत्वको टोली ठूलो दलबल सहित लामिछानेलाइ नियन्त्रणमा लिन पार्टी कार्यालय पुगेको थियो ।
प्रहरीले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको जानकारी गराएपछि कार्यकर्ताले बिना अवरोध लामिछानेलाइ प्रहरी नियन्त्रणमा जान दिएका थिए । पार्टी कार्यकर्तालाइ नेतृत्व पंक्तिले प्रहरी कारवाहीमा कुनै हस्तक्षेप नगर्न निर्देशन दिएको थियो।
लामिछानेलाइ शुक्रबारै पोखरा लैजाने तयारी छ।