GBIME
IME Life

कसले पाउला रतन टाटाको रु. ७९०० करोडको सम्पत्ति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । टाटा समूहका पूर्वअध्यक्ष रतन टाटाको हालै मुम्बईमा निधन भएको छ। उनले करिब ७९०० करोड रुपैयाँको सम्पत्ति छोडेका छन्।

रतन टाटाले वकिल साथी डारियस खम्बाटा र सहयोगी मेहली मिस्त्रीलाई आफ्नो सम्पत्तिको हकदार चयन गर्ने जिम्मेवारी दिएका छन्। यसका लागि उनले आफ्नी सौतेनी बहिनीहरु शिरिन र डायना जीजीभोयलाई पनि मनोनयन गरेका छन्।

SKYWELL
Crest

रतन टाटाको ८६ वर्षको उमेरमा ९ अक्टोबरमा निधन भएको थियो। उनका सौतेनी भाइ नोएल टाटा ‘टाटा ट्रस्ट’को नयाँ अध्यक्ष बनेका छन्। टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्समा टाटा ट्रस्टको ६६ प्रतिशत हिस्सेदारी छ। टाटा समूह भारतको सबैभन्दा ठूलो औद्योगिक घराना हो।

हुरुन इन्डिया रिच लिस्ट २०२४ को अनुसार रतन टाटाको टाटा सन्समा ०.८३ प्रतिशत शेयर रहेको छ र उनको कुल सम्पत्ति ७९०० करोड रुपैयाँ छ। रतन टाटाले आफ्नो सम्पत्तिको ठूलो हिस्सा परोपकार र सामाजिक कल्याणमा दिन चाहन्थे। उनको कुल सम्पत्तिको झन्डै तीन चौथाइ टाटा सन्समा रहेको उनको शेयरसँग जोडिएको छ। यसबाहेक रतन टाटाले ओला, पेटीएम, ट्र्याक्सन, फर्स्टक्राइ, ब्लुस्टोन, कारदेखो, नगद कारो, अर्बन कम्पनी र अपस्टक्सलगायत करिब दुई दर्जन कम्पनीमा लगानी गरेका थिए। तर, उनले तीमध्ये केही कम्पनीमा आफ्नो शेयर बेचेका थिए।

रतन टाटाको घर मुम्बईको कोलाबामा छ। उनको अलिबागमा अरब सागरको तटमा छुट्टी मनाउन घर पनि छ। मेहली मिस्त्री रतन टाटाका विश्वासपात्र थिए र सर दोराबजी टाटा ट्रस्ट तथा सर रतन टाटा ट्रस्टका बोर्डहरुमा ट्रस्टी थिए। यी दुई ट्रस्टको टाटा सन्समा लगभग ५२ प्रतिशत हिस्सेदारी छ। टाटा समूहको सूचीबद्ध कम्पनीहरुमा टाटा सन्सको शेयरको बजार मूल्य लगभग १६.७१ लाख करोड रुपैयाँ छ।

रतन टाटाका दिदीबहिनीले सधैँ परोपकारी कार्यमा सक्रिय भाग लिएका छन्। डायना सन् १९९० र २००० को सुरुमा रतन टाटा ट्रस्टको बोर्डमा ट्रस्टी थिइन्। रतन टाटा आफ्ना कान्छी बहिनीहरुसँग धेरै नजिक थिए।

रतन टाटाको इच्छापत्र तयार गर्न अधिवक्ता खम्बाटाले सहयोग गर्ने भएका छन्। करिब ७ वर्षको अन्तरालपछि उनी गत वर्ष टाटाका दुई प्राथमिक ट्रस्टको ट्रस्टीका रुपमा फर्किए। उनले व्यावसायिक प्रतिबद्धता जनाउँदै २०१६ मा ट्रस्ट छोडेका थिए। नियमानुसार मृतकको इच्छा कार्यान्वयन गर्न एकजना कार्यकारी हुनु आवश्यक छ।

रतन टाटाले आफ्नो व्यक्तिगत लगानी आरएनटी एसोसिएट्स प्रालिमार्फत आर्थिक वर्ष २०२३ सम्ममा १८६ करोड रुपैयाँ लगानी गरेका थिए। मिस्त्री र रतन टाटा आरएनटी एसोसिएट्सका दुईमात्र बोर्ड सदस्य थिए। मेहिल मिस्त्री टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्रीका भाइ हुन्। टाटा सन्सको अध्यक्ष पदबाट साइरस मिस्त्रीलाई हटाउने विवादमा उनले रतन टाटालाई निरन्तर समर्थन गरेका थिए। उनी पछिल्ला वर्षहरुमा रतन टाटाको स्वास्थ्यको हेरचाहमा पनि संलग्न थिए।
अक्टोबर २०२२ मा मिस्त्रीलाई टाटाका दुई ठूला ट्रस्टहरुको बोर्डमा समावेश गरियो। उनी एम पल्लोन्जी ग्रुपका एक दर्जनभन्दा बढी कम्पनीको बोर्डमा छन्। –एजेन्सी

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS