काठमाडौं । माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।
बैंकका संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति र संस्थाले निवेदन दिन सक्नेछन्।
शेयर खरिदका लागि ७ दिनको म्याद दिइएको छ। इच्छुक लगानीकर्ताले तोकिएको समयभित्र काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ।