IME Life
GBIME

शेयर बजारमा चमक जारी, ४३ अंकले बढ्यो नेप्से

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार बुधबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक आज ४३.२२ अंकले बढेर २७४२.८८ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा २०६ कम्पनीको शेयरभाउ बढेको छ भने ३५ कम्पनीको शेयरभाउ घटेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी व्यापार समूह ३.४४ प्रतिशतले घटेको छ।

हिजोको तुलनामा आज बजारमा कारोबार पनि बढेको छ। बजारमा आज ५ अर्ब ६६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज विजय लघुवित्त र इन्टर्न हाइड्रोपावरका शेयरधनीहरु मालामाल भएका छन्। यी दुवै कम्पनीको शेयरभाउ ९ प्रतिशत बढीले बढेको छ।

आज अप्पर सांगे हाइड्रोपावरको शेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको शेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS