GBIME
IME Life

कात्तिकका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, विकास बैंकले के गरे ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अधिकांश वाणिज्य बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन्।

हालसम्म प्राप्त जानकारीअनुसार १२ वटा वाणिज्य बैंकमध्ये ६ वटाले कात्तिकका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एउटाले बढाएको छ। पाँचवटाले भने स्थिर राखेका छन्।

SKYWELL
Crest

ब्याजदर घटाउनेमा एनआईसी एसिया, प्राइम, सिटिजन्स, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र नबिल रहेका छन्। कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एसियाले ६.९९ प्रतिशत, प्राइमले ६ प्रतिशत, सिटिजन्सले ५.७५ प्रतिशत, लक्ष्मी सनराइजले ६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ६.५ प्रतिशत र नबिलले ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एसियाले ७.१८ प्रतिशत, प्राइमले ६.२५ प्रतिशत, सिटिजन्सले ६.४० प्रतिशत, लक्ष्मी सनराइजले ६.५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ७ प्रतिशत र नबिलले ७ प्रतिशत ब्याजदर निर्धारण गरेका थिए।

कात्तिकका लागि सानिमा बैंकले भने ब्याजदर बढाएर ६.१५ प्रतिशत पुर्याएको छ। असोजमा सानिमाले ५.९० प्रतिशत ब्याज दिएको थियो।

उता कुमारी, एभरेष्ट, माछापुच्छ्रे, ग्लोबल आइएमई र नेपाल बैंकले भने असोजकै ब्याजदरलाई कात्तिकमा निरन्तरता दिएका छन्। असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम कुमारीले ६.०१ प्रतिशत, एभरेष्टले ६ प्रतिशत, माछापुच्छ्रेले ७ प्रतिशत, ग्लोबल आइएमईले ६.२५ प्रतिशत र नेपाल बैंकले ५.९५ प्रतिशत ब्याज दिएका थिए। यही ब्याजदरले अब कात्तिकमा पनि निरन्तरता पाउने भएको छ।

यसैबीच राष्ट्रियस्तरका अधिकांश विकास बैंकले असोजकै ब्याजदरलाई कात्तिकमा निरन्तरता दिने भएका छन्। शाइन रेसुंगा, लुम्बिनी, मुक्तिनाथ, गरिमा र ज्योति विकास बैंकले असोजकै ६.५ प्रतिशत अधिकतम ब्याजदरलाई कात्तिकमा निरन्तरता दिने भएका छन्। त्यस्तै कामना सेवाले पनि असोजकै ७ प्रतिशत ब्याजदरलाई कात्तिकमा पनि निरन्तरता दिएको छ। कात्तिकमा सांग्रिलाले भने ब्याजदर बढाएर ६.७५ प्रतिशत पुर्याएको छ। असोजमा सांग्रिलाले ६.५ प्रतिशत ब्याजदर दिएको थियो।

बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा १ प्रतिशत बढी रेमिट्यान्स खातामा र १ प्रतिशत कम संस्थागत मुद्दति निक्षेपमा ब्याज दिनुपर्ने प्रावधान रहेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS