IME Life
GBIME

डेंगीको संक्रमणबाट १० महिनामा ८ जनाको मृत्यु, १७ हजारभन्दा बढी संक्रमित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेंगीको संक्रमण पछिल्ला वर्षहरूमा पुनः उल्लेख्यरूपमा देखा पर्न थालेको छ । सरकारले रोग नियन्त्रणका लागि पर्याप्त जनचेतना र उपचारको उपयुक्त व्यवस्था मिलाउन नसक्दा यो वर्ष मात्रै १० महिना नबित्दै ८ जना बिरामीको ज्यान गइ सकेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरी महिनायता १७ हजार ६०२ जना भन्दा बढी डेंगीबाट संक्रमित भएका छन् । संक्रमित ८ जनाको मृत्यु भइसकेको छ ।

Crest

नेपालमा पछिल्लो तीनवर्षयता लगातार डेंगी रोग देखिएको छ। सन् २०२२ मा ५४ हजार ७ सय ७४ जनामा डेंगी संक्रमण देखिएको थियो । २०२३ मा ५२ हजार ७ सय ९० जनामा संक्रमण पुष्टि भएको  थियो । सन् २०२२ र २०२३ मा डेंगी संक्रमणका कारण १ सय ८ जनाको मृत्यु भएको थियो ।

जलवायू परिवर्तनका कारण पछिल्लो समयमा पहाडी र हिमाली भेगमा समेत लामखुट्टेको प्रकोप बढ्न थालेको छ। डेंगी रोगको संक्रणम फैलाउने लामखुट्टेको नियन्त्रणका लागि स्थानीय तहले लार्भा नष्ट पार्ने अभियान सञ्चालन गरेपनि पर्याप्त र प्रभावकारी हुन सकेकाे छैन ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS