IME Life
GBIME

देशको वर्तमान आर्थिक स्थितिलाई ८ सूचकबाट हेरौँ

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । देशको वर्तमान आर्थिक स्थिति सुधारान्मुख देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार देशको मुद्रास्फीति ४ प्रतिशतभन्दा तल झरेको छ भने रेमिट्यान्स १५ प्रतिशतभन्दा बढीले बढेको छ।

Crest

यस्तो छ देशको वर्तमान आर्थिक स्थिति

  • वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ।
  • आयात १.१ प्रतिशतलेबढेकोर निर्यात ५.१ प्रतिशतले घटेको छ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतले बढेको छ।
  • शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा रहेको छ।
  • कुल विदेशी विनिमय सञ्चिति रु.२१५२ अर्ब ५३ करोड र अमेरिकी डलरमा १६ अर्ब ४ करोड रहेको छ।
  • नेपाल सरकारको खर्च रु.१३७ अर्ब ५५ करोड र राजस्व परिचालन रु.१६६ अर्ब ३९ करोड रहेको छ।
  • विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले बढेकोछ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.९ प्रतिशतले बढेको छ।
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS