GBIME
IME Life

एलआईसी नेपालको हकप्रदका लागि बुक क्लोजको मिति तय, कहिलेसम्म कायम शेयरधनीले भर्न पाउँछन् ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले आफ्ना शेयरधनीहरुलाई जारी गर्न लागेको हकप्रद शेयरका लागि बुक क्लोजको मिति तय गरेको छ।

कम्पनी सञ्चालक समितिको हकप्रद शेयर निष्कासन प्रयोजनार्थ आउँदो कात्तिक ९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरुले एलआईसी नेपालको हकप्रद शेयर भर्न योग्य हुनेछन्।

SKYWELL
Crest

नेपाल धितोपत्र बोर्डले गत असोज १४ गते एलआईसी नेपाललाई हकप्रद शेयर जारी अनुमति दिएको थियो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री गर्नेछ। कम्पनीले धितोपत्र बोर्डमा गत वर्ष असोज २९ गते हकप्रद शेयर निष्कासनको अनुमति माग्दै निवेदन दिएको थियो।

कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् १ः०.८८४५ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर जारी गर्नेछ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।

हकप्रद निष्कासन एलआईसी नेपालले इक्रा एनपी आइआर ए’ रेटिङ पाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार एलआईसीले पाएको रेटिङले तोकिएको समयमै वित्तीय दायित्व पूरा गर्ने सवालमा पर्याप्त सुरक्षित रहेको अवस्थालाई जनाउँछ। यस्तो शेयर निष्कासनकर्ताले एकदमै न्यून कर्जा जोखिम बहन गरेका हुन्छन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS