काठमाडौं । दसैँपछि खुलेको शेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक आज मंगलबार ३१.४८ अंकले बढेर २६९९.६६ को विन्दुमा बन्द भएको छ।
बजारमा आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा बढेको छ भने एउटा मात्रै घटेको छ। आज उत्पादन तथा प्रशोधन समूहबाहेक अरु सबै बढेको छ। आज वित्त समूह सर्वाधिक ४.६१ प्रतिशतले बढेको छ।
यो दिन २०५ वटा कम्पनीको शेयरभाउ बढ्दा ३२ वटाको घटेको छ भने ६ वटाको स्थिर रहेको छ।
आज बजारमा ३ अर्ब ६ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार गुडविल फाइनान्सको १८ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- गुडविल फाइनान्सः १८ करोड ५ लाख रुपैयाँ
- नेपाल फाइनान्सः ११ करोड २३ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १० करोड ९३ लाख रुपैयाँ
- सीईडीबी हाइड्रोपावरः १० करोड २ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड ४१ लाख रुपैयाँ
- मल्टीपर्पस फाइनान्सः ८ करोड ३३ लाख रुपैयाँ
- साहस ऊर्जाः ७ करोड ३८ लाख रुपैयाँ
- रुरु जलविद्युतः ६ करोड ५४ लाख रुपैयाँ
- तारागाउँ रिजेन्सी होटलः ६ करोड ४९ लाख रुपैयाँ
- सिंगटी हाइड्रोः ६ करोड १६ लाख रुपैयाँ