GBIME
IME Life

को हुन् शान्तनु नायडू ? जो सानै उमेरमा भए रतन टाटाका घनिष्ठ मित्र

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत ९ अक्टोबर रात भारतका दिग्गज व्यापारी र आमजनताको मनमा राज गर्ने रतन टाटाको निधन भयो। उनको अन्तिम यात्रामा सम्पूर्ण राष्ट्रले शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। रतन टाटाको अन्तिम संस्कारमा देश र विश्वका चर्चित व्यक्तित्व पनि सहभागी भएका थिए। रतन टाटाको अन्तिम बिदाइमा उनका भरपर्दो र धेरै घनिष्ठ साथी शान्तनु नायडू अगाडि हिँडिरहेका थिए।

शान्तनुले बिहीबार लिंक्डइनमा एक भावनात्मक पोस्ट गरेर शेअर गरेका थिए। रतन टाटालाई आँसु भरिएको आँखाले अन्तिम बिदाइ दिँदै शान्तनुले लेखेका थिए, ‘यस मित्रताले मभित्र सिर्जना गरेको शून्यतालाई पूरा गर्न म मेरो बाँकी जीवन बिताउनेछु। प्रेमका लागि दुःखको मूल्य चुकाउनु पर्छ। अलबिदा ! मेरो प्रिय लाइटहाउस।’ उनले रतन टाटासँगको आफ्नो पुरानो तस्बिर पनि शेअर गरेका छन्।

SKYWELL
Crest

शान्तनुको जन्म पुणेमा भएको हो। सन् २०१४ मा शान्तनुले सावित्रीबाई फुले पुणे विश्वविद्यालयबाट इन्जिनियरिङको डिग्री पूरा गरे। त्यसपछि शान्तनुले सन् २०१६ मा कर्नेल जोन्सन ग्रेजुएट स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरे। आफ्नो शिक्षा पूरा गरेपछि उनले टाटा एलक्सीमा अटोमोबाइल डिजाइन इन्जिनियरका रुपमा आफ्नो करिअर सुरु गरे। उनको लिंक्डइन प्रोफाइलअनुसार शान्तनु जुन २०१७ देखि टाटा ट्रस्टमा काम गर्दै आएका छन्। उनी रतन टाटाका सहायक पनि भइसकेका छन्।

रतन टाटा शान्तनुको प्रतिभाबाट धेरै प्रभावित भए। त्यसैले रतन टाटा आफैँले फोन गरेर आफ्नो सहायक बन्ने प्रस्ताव राखेका थिए। त्यसपछि शान्तनु २०२२ मा रतन टाटाको कार्यालयमा जीएम भए। शान्तनुको जन्म सन् १९९३ मा महाराष्ट्रको पुणेमा भएको थियो। शान्तनुले रतन टाटालाई पनि स्टार्टअपमा लगानी गर्न सल्लाह दिए।

शान्तनुको भेटघाट र त्यसपछि रतन टाटासँगको मित्रता उनको जनावरप्रतिको प्रेमको कारण थियो। दुवैको भेट सन् २०१४ मा भएको थियो। खुला छाडिएका कुकुरहरुलाई दुर्घटनाबाट बचाउन शान्तनुले रिफ्लेक्टिभ कलर बनाएर त्यस्ता कुकुरको घाँटीमा लगाउने गर्थे, जसका कारण चालकले अँध्यारोमा पनि यो रिफ्लेक्टिभ कलर देख्न सक्थे र उनी गाडी रोक्ने गर्थे।

शान्तनुको यो विचारले रतन टाटालाई धेरै प्रभाव पारेको थियो। त्यसपछि रतन टाटाले शान्तनुलाई भेटे र शान्तनुको सहायक बनेपछि दुवै घनिष्ठ मित्र बने। शान्तनुले रतन टाटालाई पहिलोपटक भेट्दा उनी २० वर्षका थिए।

जागिरका अलावा शान्तनु गुडफेलो स्टार्टअपका मालिक पनि हुन्। यो कम्पनीले ज्येष्ठ नागरिकलाई व्यापक सहयोग प्रदान गर्दछ। यस कम्पनीको मूल्य करिब भारु ५ करोड रहेको बताइएको छ। उनी एक प्रसिद्ध भारतीय व्यापारी, इन्जिनियर, जुनियर अस्सिटेन्ट, डीजीएम, सामाजिक मिडिया इन्फ्लुएन्र, लेखक र उद्यमी हुन्।

पशु प्रेम र समाजसेवा गर्ने जोश भएका शान्तनुले सडकमा घुम्ने कुकुरलाई सहयोग गर्ने ‘मोटोपोज’ नामक संस्था बनाएका छन्। उनको नेतृत्वमा मोटोपजले १७ सहरमा विस्तार गर्यो र ८ महिनामा २५० कर्मचारीलाई काममा राखेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

92%

खुसी

0%

दु :खी

8%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS