GBIME
IME Life

कर्मचारी सञ्चयकोषले वर्ष दिनमा सञ्चयकर्तालाई बाँड्यो ५४ करोड रूपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता र आश्रित परिवारजनलाई आर्थिक वर्ष २०८०/८१ मा कर्मचारी सञ्चय कोषले ५४ करोड २५ लाख रूपैयाँ सामाजिक सुरक्षावापत वितरण गरेको छ। कोषका अनुसार गत आर्थिक वर्षमा कुल २६ हजार ७४ जना बचतकर्तालाई यो रकम वितरण गरेको हो ।

SKYWELL
Crest

यो रकममध्ये सञ्चयकर्ता स्वास्थ्योपचार सुविधा अन्तर्गत साधारण रोगको लागि  १७ करोड १५ लाख रूपैयाँ भुक्तानी पाएका छ्न् । यो सहयोग रकम कुल ४ हजार ५९० जना सञ्चयकर्तालाई उपलब्ध गराइएको हो।

यसैगरी घातक रोगको लागि कुल १ हजार १४६ सञ्चयकर्ताले १७ करोड ४८ लाख रूपैयाँ सहयोग रकम पाएका छन् । सुत्केरी तथा शिशु स्याहारका लागि कोषले वर्ष दिनमा १४ करोड ६४ लाख रूपैयाँ उपलब्ध गराएको छ। कोषबाट १९ हजार ५२५ सुत्केरीले यो सुविधावापतको रकम पाएका हुन् ।

काजकिरिया अनुदान सुविधा अन्तर्गत १ हजार ७०६ जना सञ्चकर्ताको आश्रित परिवारजनलाई कोषले २ करोड ८२ लाख ३० हजार रूपैयाँ सहयोग रकम वितरण गरेको छ। साथैर दुर्घटना क्षतिपूर्ति सुविधा अन्तर्गत १०७ जना सञ्चयकर्ताको परिवारजनले २ करोड १४ लाख रूपैयाँ पाएका छन् ।

कोषले गत आर्थिक वर्षको अन्तिम त्रैमास (बैशाख देखि असारसम्म) १४ करोड २५ लाख रूपैयाँ वितरण गरेको हो । गत आवको चैत्र मसान्तसम्ममा ४० करोड रूपैयाँ सहयोग रकम वितरण गरेको थियो।

गत आवमा वितरण गरिएको सहयोग राशीमध्ये घातक रोगको उपचारका लागि उपलब्ध गराएको रकम सर्वाधिक हो । कुल वितरित रकममध्ये करिब ३२.२२ प्रतिशत रकम स्वास्थ्य उपचार सहयोग शिर्षकमै वितरण गरिएको छ ।

दुर्घटनामा परेर असामयीक निधन भएका सञ्चयकर्ताको आश्रित परिवारजनको राहतका लागि दुर्घटना क्षतिपूर्तीवापत प्रति परिवार २ लाख रूपैयाँका दरले सहयोग रकम उपलब्ध गराउँदै आएको छ।

कोषले सामाजिक सुरक्षा प्रदान गर्ने सुविधाः

(क) सञ्चयकर्ता स्वास्थ्य उपचार योजनाः

सञ्चयकर्ता वा निजको पति वा पत्नीको साधारण रोग उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्षमा रू.१ लाखसम्म र घातक रोग उपचारको हकमा सेवा अवधिभरिमा अधिकतम रु.१० लाखसम्म रकम सोधभर्ना प्रदान गर्ने सुविधा छ ।

(ख) सुत्केरी तथा शिशु स्याहार सुविधाः

प्रति प्रसुती रु.७,५०० (जागिरे अवधिमा जम्मा २ पटक) ।

(ग) दुर्घटना क्षतिपूर्ति योजनाः

सञ्चयकर्ता वा निजको हकवालालाई २ लाख रूपैयाँ ।

(घ) काजकिरिया अनुदानः

हकवालालाई ४० हजार रूपैयाँ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS