IME Life
GBIME

१४ बीमकले घोषणा गरे नयाँ बोनश दर, कुनका बीमितले कति पाउँछन् बोनश ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म सबै १४ वटा जीवन बीमा कम्पनीले नयाँ बोनश दर घोषणा गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म हिमालयन लाइफ, मेट लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, एशियन लाइफ, सन नेपाल लाइफ, एलआइसी नेपाल, सूर्यज्योति लाइफ,साविक महालक्ष्मी लाइफ, साविक प्रभु लाइफ सानिमा रिलायन्स लाइफ, नेशनल लाइफ, नेपाल लाइफ र रिलायबल नेपाल लाइफ गरी १४ कम्पनीको गत आर्थिक वर्षको बोनशदर स्वीकृत गरिएको छ। त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले भने आर्थिक वर्ष ८१/ ८२ का लागि पनि बोनश दर घोषणा गरिसकेको छ।

हरेक वर्ष कम्पनीको बीमांकी मूल्यांकन (एक्चुरियल भ्यालुएशन) पछि घोषणा गरेको बोनश दरका आधारमा बीमितले बोनश रकम पाउँछन् । नयाँ बोनश दर घोषित नहुँदासम्म बीमितले पछिल्लो घोषित बोनश दरकै आधारमा समर्पण मूल्य, बीमालेख धितो कर्जा, अग्रिम दाबी भुक्तानी, जीवित लाभ (सर्भाइभल बेनिफिट), मृत्यु दाबी भुक्तानी र परिपक्व दाबी भुक्तानीवापतको रकम भुक्तानी प्राप्त गर्छन् ।

Crest

सिटिजन लाइफ इन्स्योरेन्स  कम्पनी
यो जीवन बीमा कम्पनीले जारी गरेको विभिन्न बीमालेखमा न्यूनतम २५ रुपैयाँदेखि अधिकत्तम ७७ रुपैयाँसम्म बोनश दर कायम गरिएको छ ।

अग्रिम भुक्तानी (सावधिक रेगुलर जीवन बीमालेख) मा १० देखि १४ वर्ष अवधिसम्मको लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४९ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनशदर कायम गरेको छ ।

सावधिक (रेगुलर)जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ बोनश दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।

सिटिजन शुभारम्भ (सावाधिक प्लस) योजना सावधिक बीमालेखमा० देखि ९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३९ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षको लागि ४६ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ बोनशदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।

वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि २७ रुपैयाँ, २० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार २८ रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।

सिटिजन बाल भविष्य योजना सावधिक बीमालेखमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि ४४ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६७ रुपैयाँ बोनश दर कायम गरेको छ ।

सावधिक तथा आजीवन बीमालेख(सिटिजन सारथी जीवन बीमा योजना)मा ० देखि ९ वर्षको लागि ३७ रुपैयाँ, १० देखि १४ वर्षको लागि ३८ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ५७ रुपैयाँ बोनश दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।

साविक महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी
कम्पनीले विभिन्न बीमालेखहरुमा दिने बोनश दर प्रतिहजार न्यूनतम रुपैयाँ ३२ देखि ५५ रुपैयाँसम्म घोषणा गरेको छ । महालक्ष्मी सावधिक जीवन बीमालेखमा ५ देखि १५ वर्षसम्म अवधिका लागि ४५ रुपैयाँ, १६ देखि २५ वर्षसम्म अवधिका लागि ४६ रुपैयाँ र २६ देखि ३० वर्षसम्म अवधिका लागि ५२ रुपैयाँ बोनश दर कायम गरेको छ।

महालक्ष्मी सरल जीवन बीमा योजनामा ५ देखि १५ वर्षसम्म अवधिका लागि ५० रुपैयाँ र १६ देखि २५ वर्षसम्म अवधिका लागि ५१ रुपैयाँ बोनश दर तोकेको छ। महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा ५ देखि १५ वर्षसम्म अवधिका लागि ५० रुपैयाँ र १६ देखि २५ वर्षसम्म अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनशदर तोकेको छ। महालक्ष्मी बाल बचत बीमा योजनामा ५ देखि १५ वर्षसम्म अवधिका लागि ३२ रुपैयाँ, १६ देखि २१ वर्षसम्म अवधिको बीमालेखमा ३५ रुपैयाँ र २२ देखि २५ वर्षसम्मको अवधिको बीमालेखमा ३९ रुपैयाँ बोनश दर तोकेको छ।

महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा कम्पनीले सबै अवधिका लागि एउटै बोनश दर कायम गरेको छ। जसमा बीमितहरुले ३५ रुपैयाँ बोनश पाउनेछन्। त्यस्तै महालक्ष्मी सावाधिक आजीवन बीमा योजनमा पनि कम्पनीले सबै बीमा अवधिको लागि एउटै बोनश दर ३५ रुपैयाँ कायम गरेको बताएको छ। त्यसैगरी कम्पनीले महालक्ष्मी धनधान्य बीमा योजनामा पनि एउटै बोनश दर कायम गरेको छ। यस बीमा योजनाका बीमितले ४५ रुपैयाँ बोनशपाउनेछन्।

महालक्ष्मी लाइफ प्रभु लाइफमा विलय भइसकेको छ। मर्जरपछि हाल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट सेवा प्रवाह गर्दै आइरहेका छन्।

कम्पनीहरुको आर्थिक वर्ष २०७९/८० को आर्थिक लेखाजोखा र दायीत्वको मूल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन प्राधिकरणबाट स्वीकृत भएसँगै ती कम्पनीले प्रचलनमा ल्याएका मुनाफामा सहभागि हुने जीवन बीमा योजनाहरुमा नयाँ र अन्तरिम बोनशका रुपमा नयाँ बोनश दर लागू हुनेछ ।

मेट लाइफ
कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्यूनत्तम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनश दर कायम गरेको छ । सावधिक जीवन बीमालेख (इन्डवमेन्ट प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँ बोनश दर कायम गरेकोे छ ।

शिक्षा संरक्षण जीवन बीमालेख (एजुकेशन प्रोटेशन प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँ बोनश दर कायम गरेकोे छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख मा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ५५ रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ६५ रुपैयाँ बोनश दर कायम गरेको छ ।

रिलायबल नेपाल लाइफ
कम्पनीले २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनश दिने घोषणा गरेको छ। रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ५० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनश दर कायम भएको छ ।

रिलायबल लघु सावधिक जीवन बीमा योजनामा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनश दर कामय गरेको छ । रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी) मा कम्पनीको सबै बीमा अवधिहरुको लागि २५ रुपैयाँ बोनश दर कायम गरेको छ

रिलायबल सुलभ जीवन बीमालेख शुलभ बाल जीवन बीमा प्लस योजनामा पाँचदेखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार २४ रुपैयाँ बोनश कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ४० रुपैयाँ कायम भएको छ ।

रिलायबल उच्च शिक्षा योजना(बालबच्चाको सावाधिक बीमालेख)मा पाँच देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ बोनश कायम भएको छ । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रति हजार ६५ रुपैयाँ बोनश दर कायम भएको छ ।

सावाधिक तथा आजीवन बीमा योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति शजार ५० रुपैयाँ कायम गरेको छ ।

रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा १०,१२ र १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनश दर कायम भएको छ । त्यसैगरी कम्पनीको रिलायबल समुन्नती जीवन बीमा योजनाका लागि कम्पनीले सबै बीमालेखमा प्रति हजार २० रुपैयाँ बोनश दर निर्धारण गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स
कम्पनीले न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनश दर निर्धारण गरेको छ। सावधिक, बाल सावाधिक तथा सामूहिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३२ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५२ रुपैयाँ,२५ देखि २९ वर्ष अवधिका लागि ६७ रुपैयाँ र ३० वा सोेभन्दा बढी अवधिका लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ।

सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३२ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका अवधिका लागि ६५ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि प्रतिहजार ८० रुपैयाँसम्म बोनश दर कायम गरेको छ।

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमालेखमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ५० रुपैयाँ र २५ देखि २९ वर्ष अवधिका लागि ६३ रुपैयाँसम्म बोनश दर कायम गरेको छ।

अग्रिम भुक्तानी सावाधिक जीवनबीमालेखमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिका लागि ६३ रुपैयाँसम्म बोनश दर कायम गरेको छ।

बाल अग्रिम भुक्तानी सावाधिकको १० देखि १४ वर्ष अवधिमा ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिमा ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिमा ५० रुपैयाँ, २५ देखि २९ वर्ष अवधिमा ६५ रुपैयाँ बोनश दिने भएको छ।

त्यसैगरी बाल वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख९बाल किरण० मा १० देखि १४ वर्ष अवधिमा ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिमा ४४ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिमा ६० रुपैयाँ बोनश दिने भएको छ।

त्यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक ९धन सरिता० जीवन बीमालेखको सबै अवधिमा एउटै बोनश दर कायम गरेको छ। जुन बीमालेख खरिद गर्ने बीमितले २२ रुपैयाँ बोनश पाउनेछन्।

एशियन लाइफ इन्स्योरेन्स
कम्पनीले न्युनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मबोनश दर कायम गरेको छ । सावधिक तथा आजीवन बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६१ रुपैयाँ निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६४ रुपैयाँ, बोनश दर कायम गरेकोे छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ कायम गरेको छ ।

बालबालिकाको सावधिक जीवन बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४४ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६० रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।

सावाधिक जीवन बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५७ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६५ रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० वर्ष अवधिको लागि ५० रुपैयाँ, १२ वर्ष अवधिको लागि पनि प्रति हजार ६० रुपैयाँ, १५ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ, १८ वर्ष अवधिको लागि प्रति हजार ६५ रुपैयाँ र २० वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ बोनश दर कायम गरेको छ भने २५ वर्ष अवधिको लागि कम्पनीले प्रति हजार ७० रुपैयाँ बोनश दर कायम गरेको छ ।

सामुहिक सावाधिक,नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस,एशियन वार्षिक धनलाभ, बालउच्च शिक्षा भविष्य निधी(प्लान६,१८,२१,२५,२७) यस बीमालेखको हकमा कम्पनीले १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ५० रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।

सन नेपाल लाइफ
सन नेपाल लाइफले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनश दर दिने भएको छ । सनलाइफ सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि पनि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रति हजार ५० रुपैयाँ,२५ वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ५० रुपैयाँ कायम भएको छ ।

भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक) मा ९ वर्षको लागि ३० रुपैयाँ, १० देखि १४ वर्षको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ५० रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि पनि५० रुपैयाँसम्म बोनश दर कायम गरेको छ।

बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा) मा १० देखि १४ वर्ष, १५ देखि १९ वर्षका लागि प्रतिहजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ५० रुपैयाँ बोनश दर कायम गरेको छ।

सुनौलो सावधिक जीवन बीमा योजनामा कम्पनीले १५ देखि १९ वर्ष अवधिका लागि ३० रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ५० रुपैयाँ बोनश दर कायम गरेको छ। नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन) मा ९ वर्ष अवधि, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनश दर कायम गरेको छ।

सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवन योजनको सबै बीमा अवधि (१५) मा प्रतिहजार ४२ रुपैयाँ बोनश दर कायम गरेको छ। सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत) मा कम्पनीले १४ वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार २७ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथि अवधिका लागि २७ रुपैयाँ बोनश दर कायम गरेको छ।

धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमामा १ देखि ९ वर्ष, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २७ रुपैयाँ तथा २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार २७ रुपैयाँ बोनश दर कायम गरेको छ ।

एलआइसी नेपाल
एलआइसी नेपाल लाइफले  सावाधिक ३३३, जीवन बीधा ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजनामा ५ देखि ९ वर्षका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि प्रतिहजार ५५ रुपैयाँ र २५ देखि माथि अवधिका लागि प्रतिहजार ६१ रुपैयाँ बोनश दिने घोषणा गरेको छ।

जीवन आन्नद (३४२) योजनमा ५ देखि ९ वर्षका लागि ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनश दिने घोषणा गरेको छ।

बाल सावाधिक(३४९) बीमा योजनामा १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिका लागि प्रतिहजार ६४ रुपैयाँ बोनश दिने घोषणा गरेको छ।

धन वृष्टि (३५८) योजनामा कम्पनीले १० वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ र १५ वर्षे अवधिका लागि ५७ रुपैयाँ बोनश दिने भएको छ।
धन फिर्ता (३३४, ३३५, ३३६, ३३७, ३३९, ३४३) बीमा योजनामा कम्पनीले १५ वर्ष अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनश दर घोषणा गरेको छ।

बाल ममता (३४०) र बाल स्नेह (३४१) योजनामा कम्पनीले १५ वर्ष अवधिसम्मका लागि प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनश दर घोषणा गरेको छ। जीवन तरंग (३४५) योजनामा कम्पनीले १० वर्ष अवधिका लागि प्रतिहजार ४० रुपैयाँ, १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ र २० वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। न्यु जीवन तरंग (३६०) योजनामा कम्पनीले १० वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २० वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ।

त्यस्तै, जीवन बचत (३५९) योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४९ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ र २५ देखि माथि अवधिका लागि प्रतिहजार ६१ रुपैयाँ बोनदर दिने छ। जीवन लाभ (३६१) योजनामा १० वर्ष अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ, १५ वर्षका लागि ५२ रुपैयाँ, २० वर्षका लागि ५३ रुपैयाँ र २५ वर्षका लागि ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। लघु सावाधिक(३५४) योजनामा कम्पनीले सबै अवधिका लागि ४१ रुपैयाँ बोनश दिने घोषणा गरेको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी
यस कम्पनीले न्यूनतम २० रुपैयाँदेखि ९० रुपैयाँसम्म बोनश दिने घोषणा गरेको छ । सावाधिकः सूर्यज्योति सुरक्षित बचत जीवन बीमा योजना–०१, सूर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजना–०५, सूर्यज्योति एकल तथा सीमित अवधि भुक्तानी (विकल्प १) योजना–०६ र सूर्यज्योति एकल तथा सीमित अवधि भुक्तानी (विकल्प २) योजना–०७ बीमालेखमा ० देखि ९ वर्षका लागि प्रतिहजार ४३ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ र २५ देखि २९ वर्षका लागि ७५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ७५ रुपैयाँ बोनश दिने घोषणा गरेको छ।

सावधिकः सूर्यज्योति संरक्षित सावधिक जीवन बीमा योजना–५१, सूर्यज्योति सीमित अवधि भुक्तानी जीवन बीमा योजना–५३, सूर्यज्योति संरक्षित बाल जीवन बीमा योजना–७१, सूर्यज्योति सामूहिक सावधिक जीवन बीमा योजना–९१, सूर्यज्योति सावधिक जीवन बीमा योजना–१५१ र सूर्यज्योति सावधिक लघु जीवन बीमालेख–१८१ मा ० देखि ९ वर्षका लागि प्रतिहजार ४० रुपैयाँ, १० देखि १४ वर्षका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५४ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६० रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनश दिने घोषणा गरेको छ।

सावधिक तथा आजीवनः सूर्यज्योति सुरक्षित भविष्य जीवन बीमा योजना–०३ मा ० देखि ९ वर्ष अवधिका लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ र ३० देखि माथिका लागि ७५ रुपैयाँ बोनश दिने घोषणा गरेको छ।

सावधिक तथा आजीवनः सूर्यज्योति सुदर्शन सावधिक तथा आजीवन बीमा–५२ योजनामा कम्पनीले ० देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४६ रुपैयाँ, २० वर्षदेखि २४ वर्षका लागि ५६ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिका लागि ६० रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनश दिने भएको छ।

अग्रिम भुक्तानी सावधिकः सूर्यज्योति धन लाभ जीवन बीमा योजना–०२ र सूर्यज्योति थ्री ट्वेन्टी धन बहार जीवन बीमा योजना–०९ योजनामा कम्पनीले १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ४३ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षका लागि ४५ रुपैयाँ र २० वर्षदेखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ बोनश दर घोषणा गरेको छ।

अग्रिम भुक्तानी सावधिकः सूर्यज्योति आसाधन अग्रिम भुक्तानी जीवन बीमा योजना–६१र६२, सूर्यज्योति धनवृद्धि जीवन बीमा योजना (अग्रिम भुक्तानी)–६३र६४र६५, सूर्यज्योति सजिलो (वार्षिक) भुक्तानी जीवन बीमा योजना–३६ र सूर्यज्योति अग्रिम भुक्तानी बाल जीवन बीमा योजना–७३ योजनामा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्षका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि २९ वर्षका लागि ६० रुपैयाँ बोनश दर घोषणा गरेको छ।

चौरासी पूजा अग्रिम भुक्तानी (नियमित) सूर्यज्योति चौरासी पूजा जीवन बीमा योजना–८४ योजनामा १० वर्षदेखि १४ वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षका लागि ५० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि प्रतिहजार ६५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनदर दिने घोषणा गरेको छ।

चौरासी पूजा अग्रिम भुक्तानी (एकल) सूर्यज्योति चौरासी पूजा जीवन बीमा योजना–८४ योजनामा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षका लागि ८० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि ८५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ९० रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि ९० रुपैयाँ बोनदर दिने घोषणा गरेको छ।

इजी पे अग्रिम भुक्तानीः सूर्यज्योति इजी पे जीवन बीमा योजना–५१ योजनामा कम्पनीले १० देखि १४ वर्षका लागि २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २५ रुपैयाँ र २० देखि २४ वर्षका लागि ३० रुपैयाँ बोनश दर दिने घोषणा गरेको छ।

हिमालयन लाइफ
कम्पनीले न्युनतम प्रति हजार २४ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनश दिने घोषणा गरेको छ । सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, १० देखि १४ वर्षको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ, २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ कायम भएको छ ।

सावधिक तथा आजीवन बीमा योजनामा ९ वर्षको लागि ३६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि प्रति हजार ५७ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७४ रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा १० देखि १४ वर्ष अवधिको लागि ५६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ६४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ७१ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ८६ रुपैयाँ बोनश दर कायम गरेको छ ।

जीवन उपहार(अग्रिम भुक्तानी)मा कम्पनीले १६ वर्ष अवधिमा ४८ रुपैयाँ बोनश दिनेछ । जीवन उपहार (सावाधिक योजनामा कम्पनीले १५ वर्ष अवधिमा ३२ रुपैयाँ बोनश दिने जनाएको छ । सावाधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४९ रुपैयाँ, २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ७६ रुपैयाँ बोनश दर कायम गरेको छ ।

सावाधिक तथा आजीवन जीवन बीमा योजनामा ९ वर्ष अवधिसम्मको लागि ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४८ रुपैयाँ, २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ७३ रुपैयाँ बोनश दर कायम गरेको छ ।

अग्रिम भुक्तानी सावाधिक जीवन बीमा योजनामा १४ वर्ष अवधिसम्मको लागि ३४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४६ रुपैयाँ बोनश दर कायम भएको छ । वार्षिक नगद फिर्ता जीवन बीमा योजनामा १४ वर्षको लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४१ रुपैयाँ, बोनश दर कायम भएको छ ।

सुरक्षित भविष्य जीवन बीमा योजनामा १४ वर्षको लागि १८ रुपैयाँ, १५ वर्षदेखि २३ वर्षसम्म अवधिको लागि प्रति हजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार २९ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ३५ रुपैयाँ बोनश दर कायम भएको छ । ३० वर्षे जीवन रक्षक (सीमित भुक्तानी) सावाधि लघु जीवन बीमा र कर्पोरेट जीवन बीमा योजनामा १४ वर्षको लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ७० रुपैयाँ बोनश दर कायम भएको छ ।

सावाधिक तथा वालबच्चा सावाधिक जीवन बीमा योजनामा ९ वर्षको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्षको लाग ३६ रुपैयाँ १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार ३९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ७५ रुपैयाँ बोनश दर कायम भएको छ ।

सिमित भुक्तानी सावाधिक जीवन बीमा(एकल)मा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार ३२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ र २५ वा सोभन्दा माथिको लागि ४५ रुपैयाँ बोनश दर कायम भएको छ ।

सिमित भुक्तानी सावाधिक जीवन बीमा योजनामा १० देखि १४ वर्षको लागि ३३ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ७५ रुपैयाँ बोनश दर कायम भएको छ ।

सावाधिक तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षको लागि ४० रुपैयाँ, १० देखि १४ वर्षको लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ७४ रुपैयाँ बोनश दर कायम भएको छ ।

सिमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षदेखि १५ वर्ष वा सो भन्दा माथिको सबै योजनामा ५० रुपैयाँ बोनश दर कायम गरेको छ । वार्षिक अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षको लागि २४ रुपैयाँ, १० देखि १४ वर्षको लागि २७ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार ३३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ३३ रुपैयाँ बोनश दर कायम भएको छ ।

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षको लागि २४ रुपैयाँ, १० देखि १४ वर्षको लागि २४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ४१ रुपैयाँ बोनश दर कायम भएको छ ।

जीवन आधार जीवन बीमा योजनामा ९ वर्षदेखि १५ वर्ष सोभन्दा माथि अवधिको सबै अवधिमा ५० रुपैयाँबोनश दर कायम भएको छ । जीवन सम्पन्न बीमा योजनाको सबै अवधि ९ वर्ष देखि १५ वर्ष वा सोभन्दा माथिको अवधिका लागि ५३ रुपैयाँ बोनशदर दिने भएको छ । जीवन उत्थान बमिा योजनाका सबै अवधिका लागि कम्पनीले ४० रुपैयाँ, जीवन आवरण बीमा योजनाका सबै अवधिमा कम्पनीले ४३ रुपैयाँ बोनश दिने भएको छ ।

बालबच्चा सावाधिक जीवन बीमा योजनामा कम्पनीले ९ वर्षको लागि ३३ रुपैयाँ १० देखि १४ वर्षको लागि ३६ रुपैयाँ र १५ वर्षबाट १९ वर्षको लागि ३९ रुपैयाँ बोनशदिने घोषणा गरेको छ ।

नेपाल लाइफ
कम्पनीले आर्थिक वर्ष २०७९ /८० का लागि न्यूनतम ५० रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनश दर निर्धारण गरेको छ । सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) मा ० देखि १० वर्षका लागि, ११ देखि १५ वर्षका लागि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि ८२ रुपैयाँ कायम गरेको छ ।

सावाधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा)मा ० देखि १० वर्षका लागि,११ देखि १५ वर्ष अवधिका लागि, १६ देखि २० वर्षका लागि प्रतिहजार ६५ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ८२ रुपैयाँ कायम गरेको छ। सावाधिक जीवन बीमालेख (जीवन समुनन्त)मा ० देखि १० वर्षका लागि, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष अवधिका लागि ५६ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६० रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ।

सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना ‘विकल्प १/विकल्प २ मा ० देखि १० वर्ष अवधिसम्मका लागि, ११ देखि १५ वर्ष अवधिका लागि, १६ देखि १९ वर्ष अवधिका लागि ६० रुपैयाँ, २० देखि २५ वर्ष अवधिका लागि ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ६५ रुपैयाँ कायम भएको छ। सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना ‘विकल्प १’ एकल बीमाशुल्क) मा ० देखि १० वर्ष अवधिसम्मका लागि, ११ देखि १५ वर्ष, १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २५ वर्ष अवधिका लागि ५७ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६० रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ६० रुपैयाँ कायम भएको छ। सावाधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन) मा ० देखि १० वर्षका लागि,११ देखि १५ वर्षका लागि, १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजार ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ८२ रुपैयाँ कायम भएको छ ।

अग्रिम भुक्तानी सावाधिक बीमालेख (जीवन सम्वृद्धि) यस बीमा योजनामा १५ वर्षे अवधिका लागि बीमितले प्रतिहजार ५० रुपैयाँ र २० वर्षे अवधिका लागि ५० रुपैयाँ बोनश पाउनेछन् ।अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, जीवन उन्नति, नौलो धन वर्षा, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन) मा ० देखि १० वर्षका लागि, ११ देखि १५ वष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष,२६ वर्षदेखि ३० वर्ष र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि ५० रुपैयाँ दिनेछ ।

अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्वृद्धि)मा ० देखि १० वर्ष,११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष अवधि, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ५१ रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ कायम भएको छ । अन्य (जीवन सारथी) मा ० देखि १० वर्षका लागि, ११ देखि १५ वर्ष अवधिका लागि ६२ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६६२ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि ८५ रुपैयाँ कायम भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स
कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्म,१० देखि १४ वर्ष अवधिसम्म, १५ देखि २० वर्ष अवधिको लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्मको लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिको लागि पनि कम्पनीले ८५ रुपैयाँ बोनश दिने घोषणा गरेको छ ।

सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि,१० देखि १४ वर्ष अवधिसम्म, र १५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्ष वर्षसम्म ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्म ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ८५ रुपैयाँसम्म बोनश दर कायम गरेको छ । अग्रिम भुक्तानी सावधिक बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि, १० देखि १४ वर्ष अवधिसम्मको लागि ६३ रुपैयाँ, १५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २० वर्षबाट २५ वर्षसम्मको लागि ६४ रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्म ६४ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६४ रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।

साविक प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
कम्पनीले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनश दर दिने घोषणा गरेको छ। सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष,१० देखि १४ वर्ष अवधिका ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ र २५ वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनश दर तोकेको छ ।

सावधिक तथा आजीवन जीवन बीमालेखमा ० देखि ९ वर्ष अवधि र १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका ५१ र २५ वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनश दर तोकेको छ। अग्रिम भुक्तानी सावधिकजीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधि र १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ रुपैयाँ बोनश दर तोकेको छ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा (समुन्नति एनुअल) मा ० देखि ९ वर्ष अवधि, १० देखि १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि २४ रुपैयाँ बोनश दर निर्धारण गरेको छ।

सानिमा रिलायन्स लाइफ
कम्पनीले विभिन्न योजनामा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनश दर कायम गरेको छ। सावधिक जीवन बीमा योजना (रेगुलर) मा ० वर्षदेखि ९ वर्षको लागि र १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनश दर निर्धारण गरिएको छ। सावधिक जीवन बीमा योजना –एकल) मा ० वर्षदेखि ९ वर्षसम््रमको लागि र १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनश दर निर्धारण गरिएको छ। त्रिपल सावधिक बीमा योजनामा १० वर्षदेखि १४ वर्षसम्मको लागि र १५ वर्षदेखि १९ वर्षसम्मका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनश दर निर्धारण गरिएको छ।

दम्पती सावधिक बीमा योजनामा १५ वर्षदेखि १९ वर्षसम््रमको लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनश दर निर्धारण गरिएको छ। सावधिक तथा आजीवन योजनामा ० वर्षदेखि ९ वर्षसम््रमको लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ  बोनश दर निर्धारण गरिएको छ। अग्रिम भुक्तानी योजनामा १० वर्षदेखि १४ वर्षको लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३७ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ४२ रुपैयाँ बोनश दर निर्धारण गरिएको छ।

वार्षिक अग्रिम भुक्तानी योजनामा १५ वर्षदेखि १९ वर्षसम्मका लागि १९ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि २१ रुपैयाँ बोनश दर निर्धारण गरिएको छ। मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क) नियमित शुल्कतर्फ यस योजनाका सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ र एकल शुल्कतर्फ ५४ रुपैयाँ बोनश दर कायम गरिएको छ । १५ वर्षे अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अवधिका लागि ४१ रुपैयाँ बोनश दर छ।

२० वर्षे अग्रिम भुक्तानी योजनाको सम्पूर्ण योजनामा ४५ रुपैयाँ बोनश दर कायम गरिएको छ । रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अवधिमा ३० रुपैयाँ बोनश दर कायम गरिएको छ। सामूहिक सावधिक बीमा पोलिसीको सम्पूर्ण अवधिका लागि १९ रुपैयाँ बोनश दर तोकिएको छ।

सावधिक योजनामा ९ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७५ रुपैयाँ बोनश दर निर्धारण गरिएको छ। सीमित भुक्तानी सावधिक योजनामा १० वर्षदेखि १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनश दर निर्धारण गरिएको छ।

कम्पनीहरुले घोषणा गरेको यस बोनश दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि उक्त बोनश दर कायम हुने जनाएको छ ।

 

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS