IME Life
GBIME

दसैँअघिको अन्तिम कारोबारमा झिनो अंकले बढ्यो बजार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज दसैँ अघिको अन्तिम कारोबार दिन शेयर बजार ४ दशलमव ८५ अंकले बढेर २,६६८ को विन्दुमा कायम भउको छ । आज १३० कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज २९४ कम्पनीको ८३ लाख १२ हजार ६८५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ लाख १ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा बैंकको १८ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १५ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अपर स्याङगे हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । राप्ती हाइड्रोले ९ दशलमव ६५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS