GBIME
IME Life

हालसम्म ९ हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश, कुनको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा सूचिकृत भएका हाइड्रोपावर कम्पनीहरुमध्ये हालसम्म ९ कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमध्ये अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, रुरु जलविद्युत कम्पनी, मन्दकीनि हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, साहस ऊर्जा, भगवति हाइड्रोपावर, माण्डु हाइड्रोपावर र सुपरमाइ हाइड्रोपावर हुन् ।

माण्डु हाइड्रोपावर कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १२ प्रतिशत लाभांश दिने भएको छ । जसमा कम्पनीले १२ प्रतिशत नै नगद लाभांश मात्रै दिने निर्णय गरेको छ ।

SKYWELL
Crest

भगवति हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १४ दशलमव ७३६८ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये कम्पनीले ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी १० दशलमव ७३६८ प्रतिशत नगद लाभांश दिने भएको छ ।

साहस ऊर्जाले आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

सुपर मादी हाइड्रोपावरले ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव २६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यी ४ कम्पनीले लाभांश प्रयोजनका लागि बुक क्लोज गरिसकेका छन् ।

यता, रुरु जलविद्युत कम्पनीले गत वर्षको नाफाबाट कुल १५ दशलमव ७८९ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये १५ प्रतिशत बोनश शेयर दिने भएको हो भने ० दशलमव ७८९ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनकिो बुक क्लोज भइसकेको छ ।

अपि पावर कम्पनीले ५ प्रतिशत बोनश शेयर दिने भएको छ भने कर प्रयोजनका लागि ० दशलमव २६३२ प्रतिशत नगद लाभांश दिने भएको छ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

अरुण भ्याली हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव १५७ प्रतिशत नगद लाभांश दिने भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक ५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी मन्दकिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव २६३२ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले बुक क्लोज मिति तय गरेको छैन् ।

सुपरमाइ हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनश शेयर र ५ दशलमव ६३ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले पनि साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् ।

अब मन्दकिनी हाइड्रोपावर, सुपरमाइ हाइड्रोपावर, अपि र अरुण भ्याली हाइड्रोपावर कम्पनकिो शेयर किन्दा लाभा.श पाइन्छ ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

17%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS