काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार ९४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो।