काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन सोमबार पनि दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा १७६ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ६६ कम्पनीको घटेको छ। आज २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटा बढेको छ भने २ वटा घटेको छ। आज होटेल तथा पर्यटन समूह सर्वाधिक ३.५० प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.२९ प्रतिशतले घटेको छ।
आज बजारमा ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन चन्द्रागिरी हिल्सको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- चन्द्रगिरी हिल्सः २६ करोड २३ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २४ करोड ११ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः २३ करोड ७८ लाख रुपैयाँ
- नेपाल फाइनान्सः २३ करोड ५१ लाख रुपैयाँ
- गुडविल फाइनान्सः २३ करोड ८ लाख रुपैयाँ
- नेपाल एसबीआई बैंकः १६ करोड ४४ लाख रुपैयाँ
- सीईडीबी हाइड्रोपावरः १५ करोड ६९ लाख रुपैयाँ
- एचआईडीसीएलपीः १५ करोड १२ लाख रुपैयाँ
- साहस ऊर्जाः १३ करोड ८८ लाख रुपैयाँ
- कुमारी बैंकः १२ करोड ९१ लाख रुपैयाँ