IME Life
GBIME

एनएमबि बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र बिग्रीएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने बिश्वास बैंकले लिएको छ । बैंकका उच्च पदाधिकारीहरुले आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हस्तान्तरण गरे ।

बाढी पहिरोबाट प्रभावित समुदायहरुलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरेको उक्त सहयोग बैंकको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता हो । साथै, यस चुनौतीपूर्ण समयमा दैवी प्रकोपबाट प्रभाभित नेपाली नागरिकहरूलाई चाहिने साथ र सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

Crest

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS