काठमाडौं । असोज २० गते आइतबार नेप्से परिसूचक २६५३.५८ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५६.०९ अंकले बढेको छ । ६ अर्ब १३ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट १ अर्ब ३ करोड ९० लाखको कारोबार भएको छ जसमा ३८ करोड ४९ लाखको खरीद छ भने ६५ करोड ४० लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४४ बाट ३४ करोड ५ लाखको खरीद छ भने २० करोड ९५ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन् ।