GBIME
IME Life

क्लोजआउटमा परेका शेयर लगानीकर्ताले तिरे रु. ५.१२ करोड जरिवाना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको २ महिना (साउन र भदौ)मा शेयर लगानीकर्ताले क्लोजआउटबापत ५ करोड १२ लाख रुपैयाँ बढी जरिवाना तिरेका छन्।

सीडीएससीका अनुसार साउन र भदौमा शेयर लगानीकर्ताहरुले क्लोजआउटमा परेर ५ करोड १२ लाख २२ हजार ६८८ रुपैयाँ तिरेका हुन्। शेयर बेचेर समयमै ईडीआईएस नगर्दा लगानीकर्ताहरु क्लोजआउटमा पर्ने गर्छन्। क्लोजआउटमा परेका लगानीकर्ताले ईडीआईएस नगरेको शेयरको कुल कारोबार रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्छ।

SKYWELL
Crest

क्लोजआउटमा परेका लगानीकर्ताले साउनमा ३ करोड १ लाख ५५ हजार ९०१ रुपैयाँ र भदौमा २ करोड १० लाख ६६ हजार ७८६ रुपैयाँ जरिवाना तिरेका छन्।

साउनमा ५ हजार १२५ कारोबारमा ३ लाख ४१ हजार ३३० कित्ता शेयरको १५ करोड ७ लाख ७९ हजार ५०९ रुपैयाँबराबरको क्लोजआउटका घटना भएका थिए। भदौमा ३ हजार ३९७ कारोबारमा २ लाख ३९ हजार ५३७ कित्ता शेयरको १० करोड ५३ लाख ३३ हजार ९३० रुपैयाँबराबरको क्लोजआउटका घटना भएका थिए।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS