IME Life
GBIME

नेपालबाट ४० मेगावाट विद्युत बंगलादेश निर्यातका लागि त्रिपक्षीय सम्झाैतामा हस्ताक्षर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्न भारत र नेपालसँग ऐतिहासिक त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । काठमाडौंमा बिहीबार त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार बंगलादेशले जुनदेखि नोभेम्बरसम्म पाँच महिनासम्म नेपालबाट भारतीय प्रशारण लाइन हुँदै ४० मेगावाट विद्युत् प्राप्त गर्नेछ । बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी), नेपाल विद्युत प्राधिकरण (एनईए) र भारतको एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) का प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

Crest

सो अवसरमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बंगलादेशका जलस्रोत सचिव नजमुल अहसान र बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी सहभागी थिए । हस्ताक्षर समारोहमा वातावरण, वन, जलवायू परिवर्तन तथा जलस्रोत मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनको समेत उपस्थिति थियो ।

यो सम्झौता क्षेत्रीय ऊर्जा व्यापार विस्तारका लागि महत्वपूर्ण कदम भएको मन्त्री खड्काको भनाइ छ। विद्युत व्यापारसँग मात्र सीमित नभएर छिमेकी देशहरूको दीर्घकालीन र वातावरणमैत्री ऊर्जा सुरक्षा सुनिश्चित गर्ने कार्यको थालनी समेत भएको सरकारी अधिकारीले बताए।

यसअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग वातावरण सल्लाहकार सैयदा रिजवाना हसनले सिंहदरबारमा भेट गरेकी थिइन् । उनीहरुबीच आपसी हितका विषयमा छलफल भएको थियो ।यस ऐतिहासिक ऊर्जा सम्झौतामा हस्ताक्षर गर्नका लागि वातावरण सल्लाहकार दुई दिने भ्रमणका लागि नेपाल आएकी हुन् ।

त्रिपक्षीय सम्झाैताले नेपाल, बंगलादेश र भारतबीचको ऊर्जा सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS