IME Life
GBIME

सन नेपाल लाइफद्वारा विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको मधेश प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । सखुवा प्रसौनी गाउँपालिका पर्सा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरूको आतिथ्यतामा ने.रा.आधारभुत विद्यालय सिद्वपुर, सखुवा प्रसौनी गाउँपालिका पर्सामा साना विद्यार्थीहरूलाइ ६४ थान शैक्षिक सामाग्री तथा विद्यालयलाइ ७ थान सिलिगं पंखा वितरण गरेको हो ।

उक्त सामान कम्पनीका प्रदेश प्रमुख नबराज चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू लगायत उपस्थित सम्पुर्ण अभिभावक, शिक्षक, कर्मचारी, अभिकर्ता मार्फत विद्यार्थीहरूलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

Crest

सो कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, अभिकर्ताहरू, मधेश प्रदेश प्रमुख नबराज चौधरी, बीरगंज शाखा प्रमुख प्रमोद प्रसाद साह तथा कम्पनीमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सो आधारभूत विद्यालयमा विद्यार्थीहरूलाइ शैक्षिक सामाग्री तथा विद्यालयलाइ सिलिगं पंखा आवश्यकता रहेको हुदाँ शिक्षणमा सहयोग पुग्ने उद्देश्यका साथ कम्पनीले उक्त सहयोग गरेको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS