GBIME
IME Life

मोटरगाडीमा भएको क्षतिको दाबी लिने कि नलिने ? यसरी लिनुहोस् निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालकको लापरवाहीले बाहेक अन्य कुनै कारणले मोटरगाडीमा क्षति हुँदा मोटर बीमाले क्षतिपूर्ती प्रदान गर्छ। कस्तो अवस्थामा मोटर बीमामा दाबी लाग्छ र कस्तो अवस्थामा दाबी लाग्दैन भन्ने शर्त र अवस्थाहरूको बारेमा बीमालेखको अनुसूचीमा खुलाइएको हुन्छ।

मोटर बीमामा कतिपय अवस्थामा दाबी गर्नुभन्दा नगर्नु नै फाइदा हुन्छ। बीमा दाबीवापत क्षतिपूर्ती लिएपछि अागामी वर्ष नविकरण गर्ने समयमा बीमाशुल्कवापत छुट पाइदैन । लगातार पाँच वर्षसम्म कुनै पनि क्षतिपूर्ती दाबी नगर्दा बीमाशुल्क रकमको ५० प्रतिशतसम्म छुट पाइन्छ। लगातार एक देखि ५ वर्षसम्म बीमा दाबी नगरेको अवस्थामा क्रमशः २०,३०,४० ,४५ र ५० प्रतिशत बीमाशुल्क छुट दिने प्रावधान छ।

SKYWELL
Crest

बीमा दाबी गर्ने वा नगर्ने निर्णय लिनु अघि बीमा धारक वा बीमितले अनिवार्य अधिकवापतको रकम कट्टा गरेर प्राप्त हुने रकम र बीमालेख नविकरण गर्दा प्राप्त हुने छुट रकमको तुलना गर्नुपर्छ। बीमा रकम दाबी गर्दा प्राप्त हुने क्षतिपूर्ती रकमभन्दा अर्को वर्ष बीमालेख नविकरण गर्दा पाइने छुट रकम धेरै हुन्छ भने क्षतिपूर्ती दाबी नगर्नु नै बुद्धिमानी हुन्छ।

मोटर बीमा अन्तर्गत क्षतिपूर्ती दाबी गर्नुपर्ने अवस्था आयो भने बीमकलाई तत्कालै सो बारेमा माैखिक र पछि लिखित जानकारी गराउनुपर्छ। यसरी मोटर बीमा दाबीको जानकारी गराई सकेपछि प्राविधिकमार्फत् सवारीसाधनको मर्मत संभारका लागि लाग्ने खर्च अनुमान गराउनुपर्छ। खर्च अनुमानको सम्बन्धमा बीमकले स्थलगतरूपमा सर्भेयर परिचालन गरेर सवारी साधनको अवस्थाबारे यकीन गरेर बीमकलाई प्रतिवेदन दिन्छन् र यस्तो प्रतिवेदनका आधारमा बीमकले क्षतिपूर्ती रकम निर्धारण गरेको हुन्छ।

क्षतिपूर्ती दाबीका लागि बीमकलाई सूचना दिएर सर्भेयरबाट प्रतिवेदन बुझाई सकेको अवस्थामा पनि बीमितले चाहेमा बीमा दाबी रद्द गर्न पाउने सुविधा हुन्छ। त्यसैले आफूले दाबीवापत प्राप्त गर्ने रकम र दाबी नगर्दा नविकरण बीमाशुल्कमा प्राप्त गरिने छुट रकमको बारेमा बीमकसँग राम्ररी जानकारी लिनुपर्छ। दाबी नगरेवापत पाइने बीमाशुल्क छुट रकम नै अधिक भएको अवस्थामा आफ्नो दाबी निवेदन फिर्ता लिनु उपयुक्त हुन्छ।

विशेषगरी महँगा मूल्यको सवारी साधन र खरिद गरेको शुरूका ५ वर्षसम्मको उमेर भएका सवारी साधनको बीमामा बीमाशुल्क छुट सुविधा दाबी गर्नु किफायती हुन्छ। यो अवधिमा ह्रासकट्टीका बावजुद सवारी साधनको मूल्यको आधारमा बीमाशुल्क रकम पनि अधिक हुने भएकाले छुटवापतको रकम पनि उल्लेख्य हुन्छ।

के हो स्वेच्छिक र अनिवार्य अधिक ?

मोटर बीमालेखमा स्वेच्छिक अधिक वा अनिवार्य अधिक सम्बन्धी प्रावधान हुन्छ। मोटरगाडीमा कुनै क्षति भएको अवस्थामा बीमा धारक वा बीमित स्वयमले व्यहोर्ने स्वेच्छिक क्षतिपूर्ती रकमको सीमा हो । उदाहरणका लागि कुनै बीमितले मोटर बीमा गर्दा स्वेच्छिक वा अनिवार्य अधिक ५ हजार रूपैयाँ रोजेको छ भने सवारी साधनमा कुनै कारणले क्षति भएको अवस्थामा ५ हजार वा नोक्सानीको २५ प्रतिशतमध्ये जुन कम हुन्छ, त्यो रकम बीमित स्वयमले व्यहोर्नुपर्छ, त्यसपछिको बाँकी रकम मात्र बीमकले क्षतिपूर्तीवापत प्रदान गर्छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS