IME Life
GBIME

शेयर बजारमा ११४ अंकको बृद्धि, साढे ७ अर्ब बढीको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजारमा उच्च अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११४ अंकले बढेर २,६२३ को विन्दुमा कायम भएको छ । आज २४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज सबै उपसूचक हरियाली भएका छन् ।

आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २८ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै १८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज १८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने ३ कम्पनीको शेयर मूल्य ९ दशलमव ९९ प्रतिशतकाले बढेको छ । आज ३० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै एनएमबि फिफ्टीका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS