काठमाडौं । पुनर्बीमा विज्ञका रुपमा परिचित छिन्, रमा दाहाल । सन् २००९ मा दाहाल म्यानेजमेन्ट एसोसिएसन अफ नेपालबाट बेस्ट वुमन म्यानेजरका रुपमा सम्मानित भएकी थिइन्। उनले जोखिम र बीमा व्यवस्थापनमा विद्यावारिधि गरेकी छन्। उनी इन्स्योरेन्स इन्स्टिच्युट अफ इन्डियाकी आजीवन सदस्य पनि छिन्। भारतको पुणेबाट बिजनेसन एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी दाहालले सोसलोजी एन्ड एन्थ्रोपोलोजीमा दोस्रो स्नातकोत्तरको उपाधि हासिल गरेकी छन्। युनिभर्सिटी अफ इन्डियाबाट अर्थशास्त्रमा स्नातक गरेकी दाहालले सन् २००३ मा एभरेष्ट इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेकी थिइन्। त्यहाँबाट निर्धन उत्थान बैंकमा काम थालेकी दाहालले फेरि प्राइम लाइफ इन्स्योरेन्समा प्रवेश गरेकी थिइन्। प्राइम लाइफपछि उनले फेरि एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कन्स्ट्यान्टको भूमिका निर्वाह गरिन्। हाल उनी सिनर्जी रिको नेपाल प्रतिनिधिका साथै इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालकी स्वतन्त्र संचालक छिन्। सबै प्रमुख बीमकको नजिक रहेर काम गरेको उनीसँग अनुभव रहेको छ। उनै अनुभवी र विज्ञ दाहालसँग इन्स्योरेन्स टकमा गरिएको कुराकानीको सारसंक्षेपः
नागरिकहरु बीमा गर्छन्, उनीहरुले गर्ने बीमामा तपाइँले हेर्ने, जानेको, बुझेको पुनर्बीमाको भूमिका चाहिँँँ कहाँनिर हुन्छ ?
बीमा कम्पनीले बीमा गरिसकेपछि उहाँहरुको जोखिम कसरी मेडिगेट या स्प्रेड गर्ने भन्ने फिलोसोफीको बेसमा पुनर्बीमा ब्रोकर संलग्न हुने हो। पुनर्बीमा ब्रोकरले जुन भूमिका मैले खेलेको हु्न्छु, कम्पनीले भूमिका खेल्छ, त्यो चाहिँ इन्टरनेसनली त्यसलाई स्प्रेट गरेर हामीले इन्स्योरेन्स कम्पनीको प्रोटेक्सन गर्छौं।
त्यो भएपछि बीमितसम्म पुग्ने भयो ?
बीमितसम्म त इन्स्योरेन्स कम्पनी पुग्छ, हाम्रो डाइरेक्ट एक्सेस होइन र भूमिका पनि होइन तर बीमित पूरै इन्स्योर्ट हुन्छ।
बीमा प्राधिकरणले केही पुनर्बीमा ब्रोकरहरुलाई लाइन्सेन्स दियो, उनीहरु आजका दिनमा कसरी बिजनेस सञ्चालन गरिरहेका छन् ? धेरै चाहिँ सस्टेन्ट हुँदैन कि भन्छन्।
दुई वर्ष भयो बीमा प्राधिकरणले लाइसेन्स खुला गरेको। त्यसमा १५ वटा कम्पनी छन् पुनर्बीमा ब्रोकरमा। जसमा मु्ख्य रुपमा नेपाली कम्पनी रजिस्टर भएका छन् र केही इन्टरनेसनल कम्पनी जुन चाहिँ लियाजो अफिस भनेर सेटअप गरेको छ। ज्वाइन्ट भेन्चरमा आइसकेको अहिले मेरो जानकारीमा छैन। प्रोसेसमा हुन सक्छ तर अहिले छैन। अब काम गराईको कुरामा अलि कति ट्रिकी प्रश्न हो, सबैजना सक्षम हुनुहन्छ नै भन्नुपर्छ लाइसेन्स पाइसकेपछि तर इन्टरनेसनल लिप प्लेस गर्नको लागि चाहिने जुन क्षमता, ज्ञान र कम्पीटेन्सी छ, त्यो विकास हुँदैछ। त्यसैले गर्दा बाहिरको लियाजो ब्रोकर कम्पनीलाई डोमेस्टिक कम्पनीको अनुपातमा अलिकति सहज होला।
तपाइँहरु त विदेशको बिजनेस पनि नेपालमा ल्याउन नसक्दासम्म वा यहाँको बिजनेस बाहिर पठाउन नसक्दासम्म त काम गर्न, टिक्न र आम्दानी गर्न गाह्रो छ ?
यो हाम्रो कम्पनीको काम नै भनेको जोखिमलाई व्यवस्थापन गर्ने हो। चाहे त्यो बाहिरको जोखिम होस् या यहाँको जोखिम होस्। संसारभरको इन्स्योरेन्सको फिलोसोफी नै त्यही हो कि जोखिमलाई सुरक्षित गर्नु हो। नेपालको मार्केटको जसरी प्राधिकरणले सुझाव दिँदै जान्छ, त्यसलाई हामीले मान्नुपर्छ। जति कडाई ग¥यो त्यो इन्डस्ट्रीको वृद्धि र विकासकै लागि हो, त्यसलाई हामीले स्वीकार गर्नुपर्छ। त्यही समयमा हामी कम्पनी एज कन्ट्री एज सच फर इन्स्योरेन्स चाहिँ हामी कुन चरणमा छौं र हामीले कुन निर्णय कुन समयमा लिँदा त्यसले भ्यालु एडेड गर्छ भन्ने चाहिँ इन्डिभिज्युअल बेसमा फैसला गर्ने कुरा हुन्छ भन्ने मलाई लाग्छ। प्राधिकरणले कोसिस गरेको छ राम्रो पुनर्बीमा आओस्, ए रेटेड ल्याउनुपर्छ भनेर निश्चित मापदण्डहरु बनाएको छ। हाम्रो मार्केटलाई ए रेटेड मार्केटले हेर्ने दृष्टिकोण फरक छ। आउँदै आउँदैन भन्न मिल्दैन तर सबै जोखिम यसरी रिप्लेस हुँदैन।
प्राधिकरण आफैंले नेपालमा दुईवटा पुनर्बीमा कम्पनी छन्, यिनीहरुले हामी गर्न सक्दैनौं भनेर आत्मसमर्पण गरेको बिजनेस मात्रै पहिलो चरणमा बाहिर पठाउन भनेको छ, यो भन्दा तपाइँहरुको स्कोप कम भयो है ?
हो, टु सम एक्सटेन्ड जुन बिजनेस बाहिर जान्थ्यो, त्यो यहीँ गर्न पाउने भयो त्यो कुरा एकतर्फबाट हेर्दा। अर्कोतर्फबाट हेर्दा कम्पनीले कुन बेला म बिजनेस लिन्न भन्छ, जुन बेला रिस्क गुड रिस्क हुँदैन। इन्स्योरेन्सको टर्मिनोलोजीमा गुड रिस्क भनेको इन्स्योर्ट गर्दा खेरि सेफ साइडको रिस्कलाई गुड रिस्क भनिन्छ। जुनमा दाबी अवश्य पर्छ या घाटाको रेकर्ड छ, पछिल्लो पाँच वर्ष या तीन वर्षको रेकर्ड हेर्दा अथवा लगातार हरेक वर्ष घाटा भएको देखिन्छ भने त्यसलाई गुड रिस्क मानिँदैन। स्थानीय पुनर्बीमा कम्पनीले जोखिम डिक्लाइन गर्छ भने त्यसले यही आधारमा गर्छ कि मैले लिएँ भने सायद त्यसमा घाटा पर्छ। अब यहाँ दोधार कस्तो परेको छ भने डोेमेस्टिक कम्पनी जो यहीँ स्थानीय रुपमा रहेका कम्पनीले यहाँको जोखिमलाई अस्वीकार गर्छ भने हामी बाहिरको पुनर्बीमा कम्पनीले त्यसलाई सहयोग गरोस् भन्ने चाहान्छौं। त्यहाँ हाम्रो भूमिका भनेको जोखिमलाई कसरी जस्टिफाई गर्ने या रिइन्स्योररका लागि फाइदाजनक छ, सहयोग गर्नुपर्छ भन्ने सम्झाउने समय हो त्यो बेला।
यहाँ त कन्फ्युज भयो नि, अब भनेको तपाइँहरुलाई समस्या भयो, नेपालका कम्पनीहरुले सरेन्डर गरेको, छोडेको गार्भेज मार्केटलाई, बिजनेसलाई तपाइँले ए रेटेड कम्पनीमा बेच्नुपर्ने भयो।
लेम्यानले भन्ने भाषामा गुड रिस्क होइन भने पनि इन्स्योरेबल हुँदैन भन्न मिलेन। कुनै पनि चिजको एउटा लिने क्षमता र मूल्य हुन्छ। यदि रिक्स राम्रो छैन भने पुनर्बीमाले पैसा त्यसमा दाबी परेर तिर्नुपर्ने त्यस्तो देखिन्छ कि घाटा भयो के गर्ने भन्ने देखिन्छ भने एडिक्वेट प्राइसिङ गर्ने हो।
तर, यहाँ त ठूलो बिजनेस कहाँ छ भने हाइड्रोवालाहरुसँग छ, कम्ट्राक्टरहरुसँग छ। उहाँहरुले अस्तिसम्म धर्ना जुलुस निकालिरहनुभएको थियो प्रिमियम धेरै भयो भनेर। प्रिमियम पनि घटाइदिनुपर्ने भयो फेरि ?
एकातिर प्रिमियम छ, अर्कोतिर डिडक्टेबल भन्छौं हामी जुन स्वयं व्यहोर्ने भन्छौं त्यसलाई। त्यो चाहिँ मोरल हजार्ड घटाउनलाई सबै पोलिसीमा हुन्छ, यो संसारभरकै अभ्यास हो। त्यो चाहिँ अनावश्यक दाबी नआओस् भन्नको लागि हो। डिडक्टेबल एउटा प्राइमरी फ्याक्टर हो, अर्को प्राइसिङ फ्याक्टर हो र कुनै पनि रिस्कलाई कथंकदाचित केही भइहाल्यो भने त्यसलाई घटाउनको लागि क्लाइन्टले के गरेको छ, के के चाहेको छ भनेर हामीले रिइन्पेक्सन रिपोर्ट पनि माग्छौं। यो सबै आधारमा बीमा गरिन्छ। तर, तपाइँले जुन यो भन्दा अगाडि भन्नुभयो खराब रिस्कको कुरामा, हो ए रेटेड सेक्युरिटीले दिँदैन।
जनरल पब्लिकलाई जान्ने जरुरत छैन यो। तर, मैले चाहिँ किन व्याख्या गरेको भने ट्रिटीमा चाहिने रिइन्स्योरको जुन क्याटेगोरीहरु छन् त्यसलाई प्राधिकरणले एक लाइनमा राखिदिएको छ भने फ्याकल्टेडिभको लागि अलि फ्लेक्जिबल पनि भएको छ। तर, हाइड्रोको हकमा नेपालका लागि चाहिँ पुनर्बीमा उपलब्ध छैन। यो पनि सत्य हो कि आजको दिनमा चाहे ए रेटेड होस्, चाहे बी रेटेड होस् या नन रेटेड होस्।
ननट्यारिफ यसको विकल्प हो भन्ने पनि थियो क्यारे ?
ट्यारिफ भनेको गाइडलाइन हो, मिनिमम गाइडलाइन हो। ट्यारिफ भनेको म्याक्सिमय प्राइजिङ होइन। हामीले बुझ्दा खेरि प्राधिकरणले एउटा गाइडलाइन दिइसकेपछि त्यसैलाई बेस मानेर गर्छौं या इन्स्योरेरेन्स कम्पनीले या क्लाइन्ट अहिले त क्लाइन्ट धेरै बुझ्ने भइसक्नुभएको छ, उहाँहरुले देखाउन आउनुहुन्छ प्राइसभन्दा बढी किन लिनुभयो भनेर। सबैलाई आफ्नो चिज राम्रो र सुरक्षित छ, मलाई दाबी पर्दैन भनेर तर भइपरी आउने कुरा थाहा हुँदैन। त्यसैले प्राधिकरणले दिएको गाइडलाइन मिनिमम गाइडलाइन हो, त्यो भन्दा तल जान पाइएन। त्यो भन्दैमा रिस्कलाई हेरेर इन्स्योरेन्स कम्पनीसँग त्यो अधिकार हुन्छ कि उसले प्राइसिङ आफ्नो किसिमले डिसाइड गर्न सकोस् रिस्कलाई जज गरेर।
भनेको यहाँ त अब जो बीमा गराउनुपर्ने एरियामा पर्नुहुन्छ, तपाइँहरुकै हिसाबमा उहाँहरु क्लाइन्ट। तपाइँहरु मेडिएटरको रुपमा भूमिका खेल्नुहुन्छ, त्यसपछि प्राधिकरणले एउटा गाइडलाइड बनाइदियो र तपाइँले त्यो पोलिसी लिएर कसैलाई बुझाउनुपर्छ भनेको त्यो बाहिरका रिइन्स्योररहरुलाई। यो तीनवटाको बीचमा निकै ठूलो ग्याप रहेछ है ?
प्राधिकरणले हाइड्रो रिस्कमा रिस्क छ भनेर एउटा मिनिमम गाइडलाइन दियो, पहिला बढी भयो पछि आन्दोलनका कारण घटाइयो। जे भने पनि आजको दिनमा प्राधिकरणले एउटा गाइडलाइन दिएको छ। त्यो गाइडलाइनलाई इन्स्योरेन्स कम्पनीले मिनिमम रेटको बेस राखेर गर्नुपर्ने हो कि यो भन्दा माथि जान नपाइने होइन। तर, हाइड्रो क्लाइन्टहरुले के गर्नुहुन्छ भने प्राधिकरणले यति दिएको छ भने यो भन्दा म माथि कि तिरुँ। उहाँहरुले सोच्नु हुन्छ एकजनाले नगरे अर्कोले गर्छ तर रिइन्स्योरेन्स मार्केटमा चाहे जुनसुकै १४ वटा इन्स्योरेन्स कम्पनी छ ननलाइफ। १४ वटामा जुनसुकै कम्पनीमा जानुस् आफ्नो रिटेन्सनको बाहेक कसैको बढी छ कसैको कम छ। त्यसभन्दा बियोन्ड र दुईवटा रिइन्स्योरेन्स कम्पनीबाहेक रिस्क त बाहिरै जानु पर्यो। बाहिर जाँदाखेरी रिइन्स्योररले हेर्ने कुराहरु र यहाँ इन्स्योरेन्स कम्पनीले हामीलाई पठाउने सूचनाको बीचमा ग्याप छ। कति ठाउँमा रिइन्सपेक्सन रिपोर्ट नहोला कति रिइन्स्योररले डेटा एक्सटेबेल छैन हाई हुनुपर्यो भन्ला। त्यस्तो किसिमका फरकहरु छन्।
तपाइँहरुले व्यापार गरिसकेपछि आफ्नो काम सकियो भोलि क्लेम गर्ने बेलामा चाहिँ पार्टीहरुको बीचमा कन्फ्लिक्ट भयो भने तपाइँहरुको भूमिका कहाँ आइपुग्छ कि तपाइँहरु त्यतिबेला हामी प्रडक्ट बेचिसक्यौ अब सकियो भनेर बस्ने ?
हामी त्यसरी पन्छिन मिल्दैन। हामीले जब प्रोपोजल आउँछ, त्यसलाई प्लेस गर्नेदेखि इनकेस अफ क्लेम त्यो क्लेमलाई सर्भिसिङ गर्ने र पुनर्बीमाबाट त्यो रिकभरी गर्ने दायित्व हाम्रो हुन्छ। बीमा कम्पनीले जब हामीलाई इन्टिभेसन पठाउँछ त्यो रिइन्स्योरलाई अपडेट गरेर सर्भे रिपोर्ट आइसकेपछि कति रकमबराबरको नोक्सान भएको हो त्यो निर्धारण गरी हामीलाई रिपोर्ट पठाउनुहुन्छ। किनकि एउटै मात्रै रिइन्स्योरर हुँदैन, सर्भर रिइन्स्योरर होला कुनै एउटा अकाउन्टमा। कसले कति प्रतिशत त्यसको रिस्क लिएको हो त्यही अनुसार त्यसको रिकभरी गर्नुपर्यो। त्यसैले उहाँहरुले हामीलाई पठाएपछि हामीले त्यो रिइन्स्योररबाट व्यक्तिको यति यति इन्स्योर भयो, कृपया सेटल गर्नुहोला भनेर उहाँहरुलाई भन्छौं। त्यो पैसा हामीकहाँ आउँछ, हामीले त्यो पैसा रिइन्स्योरर कम्पनीलाई सेटल गर्छौं। छोटकरीमा प्रक्रिया चाहिँ यो हो।
डिस्पुट आइहाल्यो भने ?
डिस्पुट कोसँग कसको बीचमा। इन्स्योेरेन्स कम्पनी र क्लाइन्टको बीचको डिस्पुटमा इन्स्यारेन्स कम्पनी संलग्न छ, क्लाइन्टलाई हामीसँग सरोकार नै छैन, हाम्रो काम त इन्स्योरेन्स कम्पनीसँग हो।
कम्पनी र रिइन्स्योरेन्सको बीचमा तपाइँहरु बस्नुहुन्छ ?
हो।
त्यो बीचमा डिस्पुट आयो भने चाहिँ तपाइँहरुले त्यसलाई मिलाउनुहुन्छ।
हो, हामीले मध्यस्थता गर्छौं।
मानौं एउटा एक अर्बको लगानीमा एउटा हाइड्रोपावर प्रोजेक्ट बन्दैछ, त्यसको बीमा गर्नुपर्यो, त्यसपछि पुनर्बीमा गर्नुपर्यो। प्रक्रियागत रुपमा तपाइँहरु कहाँ प्रवेश गरेर कहाँबाट बाहिरिनुहुन्छ ?
इन्स्योरेन्स कम्पनीले कोट दिन्छ, उसले कति क्षमता आफ्नो हुन्छ हेर्छ, त्यो भन्दा बियोन्डको लागि उसले हामीलाई एप्रोच गर्छ, एउटा फरम्याट हुन्छ, त्यो फरम्याटमा एप्रोच गरेर मलाई यति प्रतिशत रिरुक प्लेस गर्नुपर्यो भनेर पठाइसकेपछि त्यो हामीले फ्लोट गर्छौं इन्टरनेसनल मार्केटमा। मतलब एउटालाई मात्र बेस गर्नु मिल्दैन रिइन्स्योेन्सले। आजको दिनमा पहिले नै हामीलाई थाहा छ कि डिक्लाइन आउन सक्छ या एज अ फेबरले दियो भने पनि एकदमै सानो साइज लिन्छ। त्यसैले रिस्क प्लेस हुँदैन। सर्भर रिइन्स्योर्सलाई पठाउँछौं र त्यसपछि हामीले रिइन्स्योर्सको जस्तो प्रतिक्रिया आउँछ हामीले रिइन्स्योर्स कम्पनीलाई कन्भे गर्दै जान्छौं। जब इन्स्योरेन्स कम्पनीले जस्तो हामी एउटा कम्पनी भयौं त्यसैगरी अर्को रिइन्स्योरेन्स कम्पनीलाई पनि एप्रोच गर्न सक्छ, किनकि उसलाई पनि थाहा छ आजको दिनमा उले पनि दुई तीन वटा रिइन्स्योरेन्स कम्पनीलाई दिइरहेको हुन्छ। जबकि इन्टरनेसनल मार्केट भनेको लिमिटेड छ। जसले नेपालको बिजनेस लिन्छ। त्यसैले मलाई देओस् या अरु कम्पनीलाई दिए पनि त्यही रिइन्स्योर्स कहाँ जान्छ। कसले कति ल्याउँछ त्यसले इन्स्योेरेन्स कम्पनीलाई कन्भे गर्छ, जब इन्स्योरेन्स कम्पनीको रिस्क सतप्रतिशत प्लेस भयो अनि बल्ल उसले पोलिसी सुरु गर्छ।
एक अर्बको प्रोजेक्ट बनाउँदा त्यसको प्रिमियम कति उठ्छ त्यता नजाऔं। तर, तपाइँहरुले कतिवटा कम्पनीसम्म त्यसलाई ट्रान्सफर गर्नुहुन्छ रिक्स चाहिँ ?
आजको दिनमा हेर्यो भने मैले डोमेस्टिकबाहेक ४ देखि ५ वटालाई। फ्लो त हामी धेरैलाई गर्छौं तर लिँदैन नि। लिने भनेको चाहिँ कुनै एउटा नर्मल प्लेसमेन्टमा आजको दिनमा रिइन्स्योर भयो भने मुस्किलले ४ देखि ५ वटा भन्दा छैठौं भेट्न गाह्रो छ।
बीमा कम्पनीहरुले तपाइँहरुलाई क्रस गरेर आफैँले चाहिँ कुन–कुन कलस्टरमा व्यापार गर्छन् ? तपाइँहरुको एक हिसाबले हेर्दा त तपाइँहरुको बिजनेस गुम्छ त्यहाँ झट्ट हेर्दा ?
गर्न चाहिँ एडभाइस गर्दैन कसैले पनि। मैले अहिले कुरा गर्दा नेपालको मात्रै कुरा गर्दिन, मैले कुरा गर्दा खेरि इन्टरनेसनली यो शब्द ब्रोकर भन्दा खेरी कुनै पनि ठाउँमा कमिसन खानेलाई ब्रोकर भन्ने हो। तर, रिइन्स्योरेन्स ब्रोकरको काम, भूमिका र दायित्व थोरै फरक छ। हामीले कमिसन लिएर हाम्रो जिम्मेवारी सकिँदैन।
फाइनल सेटलमेन्टसम्म जुन हेर्नुपर्यो ?
अब कुन बेला के आइपर्छ थाहा हुँदैन र अर्को कुरा इन्स्योरेन्स कम्पनीको ज्ञान, अनुभव र विशेषज्ञता भन्दा रिइन्स्योरर ब्रोकरको थोरै राम्रो हुन्छ धेरैजसो मामिलामा।
हुनुपर्ने पनि देखियो।
मैले अन्डरइस्टिमेट गर्न खोजेको होइन तर विदेशी ब्रोकरको मामिलामा मैले नेपाली कम्पनीलाई आज मैले भन्न मिल्दैन विस्तारै उहाँहरु पनि यही स्टेजमा आउनुहुन्छ, भर्खर त सुरुआत भयो। हामीले फरक ठाउँमा काम गर्ने भएको भएर हामीलाई अरु देशको पनि थाहा हुन्छ। या रिइन्स्योरको दृष्टिकोण के छ, मार्केटमा के भइरहेको छ, त्यो इन्फरमेसन हामीसँग हुन्छ। त्यसले गर्दा उहाँहरुलाई इन्स्योरेन्स कम्पनीलाई मनाउने र रिइन्स्योरेन्स कम्पनीलाई मनाउने क्षमता रिइन्स्योरेन्स ब्रोकरमा हुनुपर्छ। (द रेस्पोन्सिबिलिटी ड्याट लाइज अन रिइन्स्योरेनस ब्रोकर इज नट जस्ट प्लेसिङ द रिक्स एन्ड गिभिङ क्लेम मनी ब्याक, त्यो थ्रू आउट द इयर कन्सल्टिङ सर्भिसेस इन्भल्स हुन्छ त्यसमा) रिइन्स्योरेन्स ब्रोकरको जिम्मेवारी भनेको रिस्क प्लेसिङ र दाबी रकम फिर्ता दिलाउनु मात्रै होइन, परामर्श सेवामा पनि संलग्न हुन्छ।
तपाइँहरुले धेरै कम्पनीमा रिस्क ट्रान्सफर गर्दिउँ भन्ने बेला रिइन्स्इँेरेन्सको बिजनेस दिउँ भनेर छान्दै गर्दा यो चार–पाँच वटामा लगेर टुंग्याइ दिउँ भन्दा तपाइँहरुलाई काम गर्न सजिलो हुने हो कि रिस्कको प्याटर्न र त्यसको साइज हेरेर अझ बढीमा पठाउँ या दुई तीन वटामै प्याकअप गरौं भनेर चाहिँ कसरी छान्नु हुन्छ ?
एउटा टाइप अफ रिस्क अर्को रिइन्स्योेरेन्स कम्पनीले आफूले पनि उनीहरुको पनि आन्तरिक गाइडलाइन हुन्छ। अहिले कतिवटा भर्खर सुरु नै भएको हाइड्रोपावर भनौं त्यसमा पनि कन्ट्रयाक्टर अल रिस्क भनेको कन्स्ट्रक्सन फेजमै बल्ल सुरु भएकोमा पनि जब रिस्क साइज सानो हुन्छ, रिइन्स्योरेन्सले त्यो टर्म हाइड्रो देख्यो भने पहिला मेनेजमेन्टले नेपालको मार्केटबाट हाइड्रोपावर रिस्कमा हामी सहभागी हुन सक्दैनौं भनेर निर्णय गर्छ। एउटा स्ट्यान्डर्ड लाइन छ, त्यो रेस्पोन्स आउँछ। डिसाइडिङ फ्याक्टर हामी छैनौं अहिले हामी भन्दा पनि रिइन्स्योररहरु छ। उसलाई के लिने के नलिने उसले डिसाइड गर्छ।
तपाइँहरुको आम्दानी धेरैलाई पठाउँदा सजिलो हुने हो कि दुई चार वटाले लिँदा सजिलो हुन्छ ? तपाइँहरुको आम्दानी चाहिँ कहाँ जोडिन्छ ?
हाम्रो आम्दानीमा त्यसले फरक पर्ने होइन, मेनेजमेन्टको काम हाम्रो हुन्छ। रिइन्स्योरेन्स जति स्प्रेड आउट हुन्छ प्रिन्सिपल्ली भन्ने हो भने रिस्क जति स्प्रेड भयो विथ म्याक्सिमम नम्बर अफ रिइन्सुरर त्यही राम्रो हो। किनकि कुनै पनि एउटा कम्पनीलाई असर गर्दैन घाटा भएको बेलामा। तर, धेरै स्प्रेड आउट गर्दा खेरी त्यसको प्रिमियम साइज लो छ भने अकाउन्ट पनि इकोनोमिकल हुन्छ। बैंकिङ चार्जेज इन्भल्भ छ, मेनेजमेन्ट खर्च इन्भल्भ छ, कुनै पनि एउटा स्टाफ जति पनि उनीहरु छ चाहे त्यो इन्स्योरेन्स होस्, चाहे रिइन्स्योेरेन्स ब्रोकर होस् या रिइन्स्योरेन्स कम्पनी होस् उसले त टाइम छुट्याएको हुन्छ त्यो एउटा पार्टिकुलर अकाउन्टमा। जस्टिफाइयबल इनकम चाहिँ चाहिँन्छ। सबै व्यक्तिलाई चाहिँयो त्यो कुरा। त्यसैले ठूलो प्रिमियम एकाउन्ट छ भने स्प्रेड गरेको राम्रो हो। तर, धेरैजसो समयमा रिजेनेबल साइजमा ए रेटेड सेक्युरिटी या बी प्लस रेटेड सेक्युरिटीको केसमा चाहिँ उहाँहरुको मिनिमम प्रिमियम आवश्यक हुन्छ। त्यो उहाँहरुले लिनुहुन्छ या त्योभन्दा कमको बिजनेस पनि लिनुहुन्न।
जस्तो एउटा कम्पनीले एउटा प्रोजेक्ट बनाइरहेको छ, तपाइँहरु कहाँ इन्भल्भ हुनुहृुन्छ भन्दा तपाइँहरु बिमक कहाँ पुगेर बल्ल इन्भल्भ हुनुहुन्छ बीमकले के–के रिस्क लिने भनेर पहिले आफूले डिक्लियर गर्छ अनि भोलि–पर्सी क्लेम गर्ने बेलामा चाहिँ कम्पनीले अन्डर इन्स्योेरेन्स गरिदिएको हुन सक्छ, धेरै चिज कभर नगरिदिएको हुन सक्छ, त्यतिबेला आउने समस्याहरुसँग कसरी डिल गर्नुहुन्छ ?
त्यस्तो अलि हुँदैन, इनकेस अफ प्रोजेक्ट मात्रै स्पेसेफिक भन्नुहुन्छ भने चाहिँ त्यो इस्यु किन आउँदैन भने कन्ट्राक्टमा लेखिएको हुन्छ फिगर्स। कतिको इन्स्योेरेन्स चाहिँने हो भनेर कन्ट्रयाक्ट डकुमेन्ट नै पास भएको हुन्छ र त्यसलाई जस्टिफाइ गर्नलाई बीओके हुन्छ। त्यसैले यो केसमा चाहिँ अल्ट्रा भ्यालू हुँदैन, तपाइँले भन्नुभएको सिनारियो चाहिँ प्रोपर्टी इन्स्योेरेन्सको केसमा चाहिँ हुन सक्छ।
सबै कभर गर्दिनन् भोलि मेरो यति क्षति भयो भनेर क्लेम गर्छन् नि।
तर, त्यो इन्स्योरेन्स कम्पनीको समस्या होइन नि। बीमितले आफ्नो प्रोपर्टीको भ्यालुयसन गर्ने अधिकार कसको छ, अधिकार वनरको हो नि होइन ? इन्स्योेरेन्स कम्पनीले प्रोपोज गर्न पाउँछ गर्नुपर्छ र अन्डर इन्स्योेरेन्स गर्नु हुँदैन। त्यो चाहिँ एज पर इन्स्योेरेन्स गाइडलाइन त्यो फ्याक्ट र १९–२० हुनसक्छ किनकि मार्केट जहिले अप्रिसिएट डिप्रिसिएट भइरहेको छ। डिपेन्डिङ अपन द भ्यालू अफ इलेक्ट्रोनिक्स हो भने डिप्रिसिएट भइदिन्छ, अरु स्थिर सम्पति हो भने अप्रिसिएट हुन्छ। त्यसको १९–२० को फरकलाई फरक परेन, नत्र अन्डर इन्स्योरेन्स गर्न मिलेन। गरेको छ भने क्लेममा क्यालकुलेसन त्यही किसिमले आफैँले क्षति व्यहोर्नुपर्यो इन्स्योररले।
आजको दिनमा तपाइँ सिनर्जी रिसँग आबद्ध हुनुहुन्छ। तपाइँको मुल बिजनेस नेपालबाट बाहिर पठाउने रिस्क हो कि विदेशबाट नेपाल पनि ल्याउने हो, त्यसको रेसियो कस्तो छ ?
रेसियो अहिले त नेपालबाट बाहिर जाने नै छ। केही समय अगाडिसम्म हामी नेपाल रि मात्रै हुँदा हामी वान अफ दि ब्रोकर थियौं, जसले राम्रो बिजनेस नेपाल रिलाई दिन्थ्यो। तर, नेपाल रिले आफ्नो डिसिजन लिनुभएको छ, उहाँ फ्याकलटेटिभ जुन हाम्रो यस्तै प्रोजेक्टहरुको थ्रु आउट द एयर आउने खालको अकाउन्ट जुन हुन्छ, त्यस्तो बिजनेस पाइरहेको नलिने उहाँहरुको इन्टरनल डिसिजन हो, केही वर्ष अगाडि गर्नुभएको छ। त्यसपछि हामीले गर्न पाएनौं किनकि उहाँहरु लिनुहुन्न।
त्यसकारण आजका दिनमा तपाइँहरु नेपाली मार्केटमा जेनेरेट भएको रिस्क र त्यसको बिजनेस प्रिमियमलाई बाहिर लगेर यहाँको जोखिम ट्रान्सफर गरिरहनुभएको छ मूलतः।
हो। यो फ्याकलटेटिभको केसमा र ट्रिटीको कुरा गर्ने हो भने ट्रिटी भनेको हरेक वर्ष आर्थिक वर्षको सुरुमा वर्षभरिको बिजनेसलाई मेनेज गर्नका लागि हुन्छ। जुन तपाइँले यो प्रोजेक्टको भन्नुभएको छ, त्यो पनि ट्रिटीमा हालेपछि यदि रिस्क प्लेस भएन भने मात्र बाहिर जाने हो जुन हामीकहाँ आउँछ। ट्रिटीको केसमा हामीसँग छ नेपाल रिको पनि छ र हामीले बाहिरको ट्रिटी नेपाल रिलाई दिन्छौं। हामीले बाहिरको बिजनेस यहाँ नल्याएको छैन, दिएका छौं। मैले अहिले जुन सिनारियो भने त्यो प्रोजेक्टको इन्डिभिजुअल रिस्कको कुरा गरेको हो, ट्रिटीको बिजनेस अरु विदेशी देशको पनि दिएका हुन्छौं।
मूलतः तपाइँहरुले रिइन्स्योरेन्सको ब्रोकेज सर्भिस प्रदान गरिरहँदा हाम्रो रिस्क कता–कता बढी प्लेस गर्नुहुन्छ ? कुन कन्ट्री बेस भएका कम्पनीहरुमा धेरै जान्छ ?
ठूलो साइजको रिस्कबाट सुरु गर्छौं सेन्सेटिभ खालको। एभिएसन रिस्क हो भने मोस्ट्ली लन्डन मार्केट लयन्समा जान्छ र ए रेटेड सेक्युरिटीमा जान्छ। हामीले कहाँ प्लेस गर्छौं भन्दा मैले सिनर्जी रिका तर्फबाट बोलिरहेको छु यो कुरा, अर्को कम्पनीको लागि म गलत हुन सक्छु, हामीले गर्दा ए रेटेड सेक्युरिटीमा गर्छौं मेज्युरिटी बिल एग्री, अल्टिमेल्टी जाने त्यही हो। हाइड्रोमा ठूलो साइजको प्रोजेक्ट छ भने र सर्भे रिपोर्ट, इन्स्पेक्सन रिपोर्ट छ, गुड रिस्क छ भने ए रेटेड सेक्युरिटीमा जान्छ जुन युरोप हुन सक्छ, मिडल इस्ट, अफ्रिका, लन्डन मैले धेरै देखेको छैन हाइड्रोमा। त्यसबाहेकका रिस्कहरु भनेको औसतमा रेगुलर बेसिसमा भन्दा अफ्रिकन मार्केटमा जान्छ।
अहिलेसम्म त्यति ठूला डिस्पुट नआएको हुनाले हामीले ट्रान्सफर गरेको रिस्कहरु ठीकै ठाउँमा रहेछ भन्ने बुझिन्छ तर तपाइँ त अन्तर्राष्ट्रिय एक्सपोजर पनि लिएर बसिरहनु भएको छ, त्यसरी हेर्दा अफ्रिकनहरु धेरै गतिला कम्पनीहरु होइन होला भन्ने पनि छ ?
यो भन्नु उचित हुँदैन। मेरो आफ्नो अब्जरभेसन र मेरो अनुभवमा स्टार्ट भयो इन्स्योरेन्स लयन्सको लन्डनबाट। त्यसपछि युरोपियन मार्केटले हाम्रो मार्केटलाई हेर्दैन। हामीले आफूलाई पहिला हेर्नुपर्छ अरुको जज गर्नु अगाडि। हामी कहाँ छौं ? हामीलाई दुनियाँले हेर्दा खेरि हामीलाई कुन पोजिसनमा राखेको छ ? मैले अर्कालाई प्वाइन्ट गर्नु अगाडि पहिला मैले आफूलाई हेर्नु पर्यो नि होइन र ? अहिले हामीले हेर्दा खेरि धन्य लिइराखेका छ भन्नु पर्छ। १५ वटा कम्पनीलाई पठाउँदा ४–५ वटा कम्पनीले जसोतसो रिक्वेस्टमा लिइदिन्छ भने हामी कहाँ छौं। पहिलो सोच्नुपर्ने कुरा त्यो हो। जब बीमा कम्पनीले गाइडलाइन दिनुभएको छ र अफ्रिकन कम्पनीहरुले त्यो गाइडलाइन मिट गरेको छ, क्लेम तिरेको छ, ओभर द एयरर्स, यो आजभोलिको कुरा होइन नि, इट्स बिन ह्यापनिङ फर सो मेरी एयर। र, प्रोफिन ट्रयाक रेकर्ड छ भने हानी के भयो ? नोक्सान कसलाई भयो ? नोक्सान उसलाई भएको छ किनकि क्लेम हामीले लिएका छौं। प्रिमियमको साइजमा क्लेमको साइज हेर्नु न कति फरक छ ? रेसियो नै मिल्दैन नि। व्यवसायिक रुपमा कमेन्ट गर्न मलाई सबै ठाउँमा सम्भव हुँदैन, तर स्पष्ट रुपमा भन्नु चाहन्छु सबै अन्डा एउटै बास्केटमा राख्यो भने एकआपसमा ठोक्किएर फुट्छ, नोक्सान हुन्छ। त्यसैले रिस्क भनेको फैलाउनुपर्ने कुरा हो।
यसो भए आज हामी जसरी यो सर्भिस एक्सरसाइज गइरहेका छौं त्यसलाई सजिलो बनाउन संसारका प्रख्यात कम्पनीहरुमा सजिलै बिजनेस दिन पोलिसीमा केही परिवर्तन गर्नुपर्ने होला, के के ग¥यो भने सिंगो राज्यको तर्फबाट रेगुलेटरका रुपमा बीमा प्राधिकरणले यति यति कुरा उसले गरिदियो भने यहाँको रिक्स उता सजिलै ट्रान्सफर गर्न र भोलि हामीलाई काम गर्न सजिलो हुन्छ, त्यो ग्राउन्ड तपाइँ के के देख्नु हुन्छ ?
वर्किङ प्राक्टिकल प्रोब्लम मैले भन्नु सक्छु, पोलिसी लेबलको डिसिजन भनेको उहाँहरुले लिने हो र इन्स्योरेन्स कम्पनीहरुका सीईओहरुले पनि सल्लाह दिनुहुन्छ त्यो कुरा। यो जुन गाइडलाइन बनाएको छ अनपेपर एक्सेलेन्स छ। तर, हाम्रो मार्केट त्यो मेचुरिटी लेबलमा पुगिसकेको छैन कि रिइन्स्योररले हाम्रो रिस्कलाई स्वागत गरोस्। यो एउटा प्राक्टिकली इस्यु हो, हरेक दिन भोगेको कुरा हो। अब यसलाई कसरी गर्ने भन्दा जुन जुन रिस्क प्लेस गर्न गाह्रो भएको छ, किन गाह्रो भयो भन्ने कुरा रिइस्सुररले पनि भन्छ, हामीले पनि कन्भे गर्छौं, इन्स्योरेन्स कम्पनीलाई कन्भे गरेका हुन्छौं। टाइम एन अगेन प्राधिकरण गएको बेला हाम्रो इन्फर्मल कुरामा पनि यो कुरा उठेको हुन्छ। अब त्यसमा ए रेटेड सेक्युरिटीको रिक्वायरमेन्ट के त ? प्रिमियम साइज, डिरक्टेबलको साइज, रिस्क इन्स्पेक्सन रिपोर्ट, सर्टेन क्लजेजहरु जसले त्यो रिस्कलाई एउटा आउटलाइनमा डिफाइन गर्न सकोस्, त्यो खोज्छ। त्यो किसिमको पोलिसी हामीले डिजाइन गरेर दिन सक्यौं भने उसले हेर्ने हो। र, हाम्रो रेटमा उसले लिन्छ भन्ने पनि छैन उसले आफ्नो रेट पनि कोट गर्न सक्छ। हाम्रो यहाँको एक्सपेक्टेसन होला २ प्रतिशतको रेट, उसले कोट गर्छ ८ प्रतिशतको रेट। बीचको फरक के गर्ने ?
कसले बोक्ने ?
अहिले ग्याप त्यस्तो किसिमको छ। त्यसैले प्लेसमेन्ट नै हुँदैन, भएको कारण त्यो हो। अब ८ प्रतिशतको रेट यदि ए रेटेड सेक्युरिटीले एक्सपेक्ट गर्छ भने क्लाइन्टले त त्यो पे गर्दैन।
हाम्रोमा त फेरि धर्ना बसेर प्रिमियम घटाउने ट्रेन्ड छ।
हो, तिर्ने मान्छेलाई बढी तिरेजस्तो अनुभव हुन्छ। लिने मान्छेले जज गर्दा यो रिस्कको लागि यो प्रिमियम पर्याप्त छैन भन्ने हुन्छ। त्यसैले त लिँदैन नि। नभए बिजनेस गर्न बसेको कम्पनीले बिजनेसलाई नाई किन भन्छ र कसैले पनि ? कहीँ पनि कोही पनि होस् नाई किन भन्छ बिजनेस ? जब त्यो जस्टिफाई हुँदैन त्यो प्राइसमा भने नाई भन्ने हो। कसले के गर्ने भन्दा पनि मेरो विचारमा सबै कुरा प्राधिकरणलाई दोष दिन पनि मिल्दैन, इन्स्योरेन्स कम्पनी इनडेपेन्डेन्ट छ र यी कम्पनीले आफूले लिने रिस्कलाई आफूले विश्लेषण गरेर, अध्ययन गरेर त्यो अफर पठाउनु पर्छ। प्राधिकरणले त गाइडलाइन दिएको छ नि। सर्टेन कम्पनीहरुले गर्नु पनि भएको छ, प्राक्टिसमा छ र कति वटा रिस्क यस्तो अवस्थामा छन् कि महिनौंदेखि प्लेस हुँदैन। अनि त्यसपछि प्रिमियम अलिकति बढ्ने, डिरक्टेबल बढ्ने भनेर फेरि अफर आउँछ। अलिकति प्लेसमेन्ट त्यसपछि फर्दर बढ्छ। त्यस्तो सिनारियो पनि छ, रिस्क कम्प्लिट्ली प्लेस नभएका केस पनि छन्। लिँदैनन् रिइन्स्योररले, त्यो उहाँहरुले के गर्नु हुन्छ त्यसमा मसँग कुनै आइडिया छैन, त्यो मैले भन्न पनि उचित हुँदैन। केही मेनेज गर्नुहुन्छ होला उहाँहरुले तर सबै रिस्क प्लेस हुँदैन।
तपाइँहरुले रिस्क ट्रान्सफर गर्दा डलरमा पे गर्नुहुन्छ, ल्याउँदा पनि डलरमै ल्याउनुहुन्छ। हामीले डलर बचायौं, दुईवटा रिइस्योरेन्स कम्पनी छन्, तिनीहरुमा ठूलो रिस्क यहीँ राख्यौ डलर बचायौं भन्ने एकखालको इन्टरटेन्टमेन्ट फिल गर्ने एउटा ट्रेन्ड छ, त्यो धेरै डलर बाहिर पठाएनौं भनेर खुशी हुने चिज कतिको छ ?
पहिलो कुरा मेरो बु्झाइमा यसरी जस्टिफाई गर्नु नै उचित हुँदैन। हामीले के नेचरको बिजनेस गरिराखेका छौं भन्ने कुरा बुझ्नु पर्यो। कन्भरटेबल करेन्सी भनेको यूएस डलर हो आजको दिनमा। जब रिइन्स्इँेरेन्स फरक फरक स्थानमा छ र विश्वव्यापी एउटा सर्टेन करेन्सीलाई स्वीकार गर्छ भने हामीले त्यही करेन्सी ट्रान्सफर गर्ने हो। करेन्सीमा विवाद गर्नुपर्ने विषय नै होइन पहिलो कुरा। दोस्रो कुरा जति प्रिमियम कमाएको छ, तपाइँलाई यहीँ नै राख्नु छ भने म कसैसँग चुनौती दिइरहेको छैन, म भन्न चाहन्छु रिइन्स्योरेन्स कम्पनी नेपाली, इन्स्योरेन्स कम्पनी नेपाली रिस्क नेपालको, सबै चिज नै यहीँ राख्ने हो भने पैसा त बच्यो, प्रिमियम बच्यो तर त्यो प्रिमियले भोलि आउने हानीलाई थेग्न सक्छ ? सकेर पनि त्यो कम्पनीको स्ट्यान्डिङ हुन्छ, ब्यालेन्स सिटमा असर गर्दैन र पब्लिक सुरक्षित हुन्छ किनभने कुनै पनि इन्स्योरेन्स कम्पनी प्राइभेट छैन यहाँ, पब्लिक लिमिटेड कम्पनी हो। शेयर होल्डरहरुलाई पनि सोच्नु पर्यो। प्राकृतिक प्रकोप हुने बेलामा हामीले धान्न सक्छौं ? सक्दैनौं नि। त्यसैले रिस्क ट्रान्सफर नै हो त, यसमा प्रश्न किन गर्नुपर्ने ?
बजारमा इन्स्योरेन्स कम्पनीले यो टाइपको रिस्कमा म आफैं राख्छु भनेर रिइन्स्योररलाई ट्रान्सफर नगर्ने गरेर अलि अलि पैसा जोगाइराखेको छ, भोलि तपाइँले भनेजस्तो ठूलो घटना घट्यो भने के हुन्छ भन्ने छ, यसमा रेगुलेटरले प्रोएक्टिभ हुनुपर्ने देखिन्छ होइन ?
इन्स्योरेन्स कम्पनीले कुन रिस्क म राख्छु वा म कुन रिस्क ट्रान्सफर गर्छु भन्ने पूर्ण रुपमा अधिकार ऊसँग छ पहिलो कुरा। दोस्रो कुन रिस्क राख्छ जुनमा हानीको सम्भावना कम देख्छ उसले। रिटेल बिजनेस होला, विगतका रेकर्डमा हानी नभएको होला, त्यस्तो खालको रिस्क राख्छ होला, ती सबै केस अध्ययन गरेर गर्छ। तेस्रो, प्राधिकरणले एउटा गाइडलाइन दिएको छ जुन फलो गर्नुपर्छ, कम्प्लाइन्ट होस् मेडिटरी होस् सबैले गर्नुपर्छ। कम्प्लाइन्ट फलो गर्छ ट्रिटी कम्प्लाइन्टको पार्ट हो, ट्रिटी फलो गर्छ उसको आफ्नो रिस्क टेकिङ अबिलिटी हेर्छ र उसले त्यसको बेसमा डिसाइड गर्छ भने नोक्सान के भयो ? तर केही नहेरिकन म प्रिमियम मात्रै हेरेर राख्छु भनेर त्यस्तो इम्याच्योर्ड डिसिजन त लिँदैन होला नि इन्स्योररले।
तपाइँहरुले बिजनेस लिने बेला कम्पनी, त्यसको ब्रान्ड, त्यसको मेनेजमेन्ट, त्यसको बोर्ड हेरेर यर्हाँनिर जोखिम छ भनेर हेर्नु हुन्छ कि यो चाहिँ नेपाली कम्पनी हुन्, १४–१५ वटा छन् तिनीहरुबाट आएपछि हेर्दै जाउँ, गर्दै जाउँ भन्नुहुन्छ ?
हामी सबै कम्पनीहरुसँग काम गर्छौं र नाम हेरेर काम गर्दैनौं। पब्लिक लिमिटेड कम्पनी हो, बोर्डको इन्टरफेरेन्सले हाम्रो काममा असर गर्दैन। कुन कम्पनीको बोर्ड कस्तो छ भन्ने कुरा कम्पनीको मेनेजमेन्टलाई असर गर्ने कुरा हो, हामीलाई असर गर्दैन।
– तपाइँहरुले मेनेजमेन्ट बोर्डसँग बिजनेस लिँदा जस्तो सबै कम्पनीमा आएको चिज सबै उठाऔं भन्ने पक्का नहोला ? स्क्रिनिङ गर्ने बेला यी कम्पनीहरु कहाँ अलि बढी जोखिम छन् सचेत हुनुपर्छ भन्ने ग्रे एरिया पक्कै राख्नुभएको होला ?
त्यो हामीले आफूले आफ्नो अनुभवबाट रिस्कको बढी प्रश्न गरेर हामीले गर्नुपर्ने काम गर्छौं तर त्यतिकै भरमा हामी डिक्लाइन गर्दैनौं। डिक्लाइन गर्नुपर्ने परिस्थिति देखियो भने यो यो कारणले हामी गर्न सक्दैनौं भन्छौं या हामी सुझाव दिन्छौं तपाइँ यो रिस्कमा यो यो चिज मिसिङ छ यसलाई थप्नु भन्छौं। अनि मात्रै हामी गर्न सक्छौं, होइन भने यो बिजनेस सेन्स बन्दैन भन्छौं। तर मेनेजमेन्टको बोर्ड हेरेर रिस्कलाई डिक्लाइन गर्ने चाहिँ मलाई सही लाग्दैन।
– तपाइँहरुको आम्दानी कहाँबाट जेनेरेट हुन्छ ? कसरी मेनेज हुन्छ यो लार्ज प्रोसेस भित्र किनभने तपाइँहरु ठूलो क्यापिटलमा काम गरिहनु भएको छ, थुप्रै कम्पनीहरुसँग सस्टेन हुँदैन भन्ने एउटा खालको लिटेरेचर स्टाब्लिस हुँदै गर्दा तपाइँहरुको आम्दानी कसरी आउँछ ?
यो चेन हो। इन्स्योरेन्स कम्पनी रि इन्स्योरेन्स कम्पनी, ब्रोकर, रिइन्सुरर। यो चेनमा हाम्रो आम्दानी रिइन्स्योररबाट आउँछ। हामीले इन्स्योरेन्स कम्पनीलाई रिस्क प्लेस गरेबापत दिने आम्दानी पनि रिइन्स्योररबाटै आउँछ। म विदेशी कम्पनीको भएको भएर मेरो प्रोसेस त्यो हो। उहाँहरुको पनि त्यही नै हो तर हाम्रो क्यापिटल चाहिँ यो सिर्जनी लियाजो अफिस हो यहाँको। मलेसियन कम्पनीको नेपालको अफिस हेर्छु म। यहाँ चाहिँ लियाजो अफिस रजिस्टर्ड हो। नेपाली कम्पनीको क्यापिटल भनेको पाँच करोडको हो। त्यसलाई जस्टिफाई गर्ने बिजनेस सबैजनाले गर्नुभएको छैन। त्यसलाई प्रोमोट त गर्नुपर्छ, बेला बेलामा हाम्रो मिटिङ पनि हुन्छ प्राधिकरणमा। हामी प्रोत्साहित पनि गर्छौं। नेपाली कम्पनीका साथीहरुले उहाँहरुको रिच पनि भइसक्या छैन। हामीलाई एप्रोच गर्नुहुन्छ र हामीले त्यो रिच प्लेस गरेर आम्दानी सेयरिङ गर्छौं। किनकि उहाँहरुले पैसा पठाउन पाउनु हुन्न, पैसा पठाउने च्यानल पनि चाहिँयो, हाम्रो पनि सिधै डाइरेक्ट अफिसमै जाने हो पैसा अफिसियल अकाउन्टमा। त्यसैले त्यो च्यानलबाट पनि काम हुन्छ तर हो उहाँहरुको क्यापिटल अनुसारको बिजनेज चाहिँ छैन।
– त्यही भएर तपाइँहरुले कहिलेकाहीँ सघाइरहनुभएको छ।
हामी सघाउँछौं एप्रोच गर्नेहरुलाई। एक्सचेन्ज त जरुरत छैन।
विशेष चाहिँ उहाँहरुबाट तपाइँ कहाँ केही न केही आउला ? तपाइँहरुले पूरै उठाउन नमिल्ने भयो भने अब स्वदेशी कम्पनी भन्यो भने उहाँहरुको उता जसले तपाइँलाई बिजनेस दिनुहुन्छ उहाँहरुसँग संगत हुन सक्छ त्यताबाट तपाइँहरुसँग अलिअलि एक्सचेन्ज त हुने नै भयो ?
बिजनेस रिस्क नै प्लेसमेन्टका लागि आउने हो हामीसँग आउने भनेको त्योभन्दा बियोन्ड अरु स्वार्थ इन्भल्भ छैन।
तपाइँलाई सजिलो चाहिँ नेपालको बिजनेस उता पठाउनु हो कि उताको बिजनेस नेपाल ल्याउनु हो ?
उताको बिजनेस यता ल्याउन। त्यो अलिकति क्लिन कट हुन्छ ह्यासल हुँदैन र त्यसको बेन्चमार्क अलि हाई हुन्छ। हाम्रो बाहिर प्लेस गर्दा रिइन्स्योरेन्स कम्पनीको चाहिँ त्यो प्रोब्लम छैन। धेरै म्याच्योर्ड भइसकेको छ।
एउटा देशका लागि चाहिँ पुनर्बीमाको व्यवसाय बाहिर धेरै जाँदा फाइदा हु्न्छ कि बाहिरको यता ल्याउँदा फाइदा हुन्छ ? किनभने त्यो कम्पनीले कमाउँदा आखिर त्यसको निश्चित प्रतिशत त देशको लागि पनि हुन्छ ?
मेरो विचारमा बाहिरको यहाँ लिँदा खेरि फाइदा हुन्छ तर बाहिरको यहाँ लिँदा भन्दैमा आँखा चिम्लेर लिनु हुँदैन। किनकि प्राकृतिक प्रकोप र विपत्ति जहाँ पनि आउन सक्छ। जस्तो हामी नेपाल भूकम्पीय क्षेत्रमा पर्छ, जोखिम धेरै छ। त्यसैले निश्चित देशहरुले हामीसँग काम गर्दैन त्यो रिस्कले किनकि उनीहरुको अनुभव छैन डराउँछ। त्यस्तै अरु देश पनि छन् नि जहाँ प्राकृतिक जोखिम बढी छ। त्यो चाहिँ देशले आफूले जज गर्ने पर्यो कि मैले कुन रिस्क कहाँ पार्टिसिपेट गर्ने भन्ने कुरा। तर यो एक्सचेन्ज नै हो, अनुभव तब प्राप्त हुन्छ जब हामी त्यो देशको रिस्क लिन्छौं र रिइन्स्योरेन्स कम्पनी भइसकेपछि त्यो गर्नु पनि पर्छ। यो पार्ट अफ द जब हो।
केही थप कुरा भन्न चाहनुहुन्छ कि ?
सर्वसाधारण नागरिकको धारणा के छ भने इन्स्योरेन्स कम्पनीले प्रिमियम लिन्छ क्लेम चाहिँ तिर्दैन। यो साधारणतया सुनिने कुरा हो। म डाइरेक्ट इन्स्योरेन्स कम्पनीमा आजको दिनमा नभए पनि यसले मलाई एकदमै पिन्च गर्छ। किनकि धेरै पैसा इन्स्योरेन्स कम्पनीले तिरेको हुन्छ। क्लेम तिरेकै हुन्छ। क्लेम नतिरीकन कम्पनी सर्भाइभ गर्दैन नि त, प्राधिकरण पनि छ हेर्छ नि त । डाइरेक्ट क्लाइन्टले गएर आफ्नो गुनासो राख्ने ठाउँ पनि छ। त्यसैले इन्स्योरेन्स कम्पनीले पे नगर्ने होइन तर एकातिर इन्स्योरेन्स कम्पनीले सायद पोलिसी बिक्री गर्दा बुझाउन सकिरहेको छैन कि कुन अवस्थामा के पाउँछ कति पाउँछ कसरी पाउँछ र उता पोलिसी किन्दै गर्दा ग्राहकहरु पनि बुझ्न चाहनु हुन्न पैसा तिर्ने बेलामा पैसा बढी भयो, अरु कुरा सुन्न चाहनु हुन्न। त्यो प्वाइन्टमा कुरा बुझेर बिक्री र खरिद गरिदियो भने यो इन्स्योरेन्स कम्पनीले तिर्दैन भन्ने सोचाइ हट्छ। डेटा हेर्नु भयो भने क्वाटर्ली रिपोर्ट त जहिले पनि पब्लिस हुन्छ, त्यो रिपार्ट हेर्नु भयो भने हरेक कम्पनीले क्लेममा कति पैसा खर्च गरेको छ भन्ने देखिन्छ। इन्स्योरेन्स कम्पनीले क्लेम नतिर्ने होइन कि नियमानुसार तिर्छ। म यो कुरा स्पष्ट पार्न चाहन्छु कि इन्स्योरेन्स कम्पनी मात्र एउटा सेक्टर हो, जसले तपाइँलाई अप्ठ्यारो पर्दा तिर्छ।