काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४४ दशलमव ४५ अंकले बढेर २,५०८ को विन्दुमा कायम भएको छ । आज २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सीएचडीसीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कुमारी सबल योजनाका इकाईधनीले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड मोदी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ५८ प्रतिशतका दरले कमाएका छन् ।