काठमाडौं । शेयर बजार सोमबार उकालो लागेको छ। नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ को विन्दुमा उक्लिएको हो।
बढेको बजारमा आज २१० कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ३३ कम्पनीको शेयरभाउ घटेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
नेप्से उपसमूहमा रहेका १३ समूहमध्ये म्युचुअल फन्डबाहेक अरु सबैमा हरियाली छाएको छ। आज वित्त समूह सर्वाधिक ४.१९ प्रतिशतले बढेको छ।
आजे पौने ४ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ। सर्वाधिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- सीईडीबी हाइड्रोपावरः १७ करोड ६९ लाख रुपैयाँ
- सर्वोत्तम सिमेन्टः १७ करोड १५ लाख रुपैयाँ
- शिवम सिमेन्टः १५ करोड ३३ लाख रुपैयाँ
- नेपाल फाइनान्सः १३ करोड १ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ८ करोड ७६ लाख रुपैयाँ
- सोनपुर मिनरल्सः ८ करोड ५७ लाख रुपैयाँ
- एनएलजी इन्स्योरेन्सः ८ करोड ४३ लाख रुपैयाँ
- हाथवे इन्भेस्टमेन्टः ७ करोड ४९ लाख रुपैयाँ
- गुडविल फाइनान्सः ७ करोड २० लाख रुपैयाँ
- अपी पावरः ६ करोड ८८ लाख रुपैयाँ