GBIME
IME Life

अक्टुबर महिनामा काठमाडौं ओर्लदैंछन् विश्वको बीमा जगतका विज्ञहरू

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आगामी अक्टोबर महिनामा बीमा क्षेत्रका लागि महत्वपूर्ण तीनवटा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन नेपालमा आयोजना हुँदैछ। समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र बीमा नियामकको साताै एशिया प्रशान्त क्षेत्र उच्चस्तरिय अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको हो।

समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आतिथ्यताका लागि नेपाली पक्षले अन्तर्राष्ट्रियरूपमा प्रतिस्पर्धा गरेर सम्मेलन आयोजनाको अवसर प्राप्त गरेको हो। नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीका अनुसार मुख्य आयोजक संस्थाले तोकेको मापदण्ड र शर्त पुरा गर्ने प्रतिबद्धता पछि मात्र यो सम्मेलन नेपालमा आयोजना गर्न संभव भएको हो ।

SKYWELL
Crest

म्युनिख रि र एक्सेस टु इन्क्लुसिभ इन्स्योरेन्सको सहयोगमा नेपालले सम्मेलनको आयोजना गर्न लागेको हो ।

सम्मेलनको माध्यमबाट बीमा सम्बन्धी अन्तर्राष्ट्रिय अनुभव साटासाट गर्ने अवसर मात्र मिल्दैन,अध्यक्ष क्षेत्रीले भने, नेपालको बीमा बजार चिनाउने र नेपाली आतिथ्यतामार्फत् पर्यटन प्रवर्द्धन गर्ने अवसर पनि पाइन्छ।

अध्यक्ष क्षेत्रीका अनुसार अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागिता र उपस्थितिका क्रममा निर्माण हुने सञ्जालले नेपालमा यस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाका लागि अवसरहरू जुट्ने गरेको अनुभव सुनाए । उनले भने,अन्तर्राष्ट्रिय सम्मेलन र बैठकहरूमा सकृयतापूर्वक सहभागि भएर नेपाली अनुभव साट्ने गरेकाले नै सम्मेलनहरूमा सहभागिता र आयोजना दुबैका लागि प्रस्ताव आइरहेको हुन्छ।

सम्मेलन आयोजक संस्थाका अनुसार अक्टुबर २१ देखि २४ (कात्तिक ५ देखि ८ गते) सम्म आयोजना हुने सम्मेलनमा ५० भन्दा बढी देशका बीमाकर्मीहरू सहभागि हुँदैछन् । सम्मेलनमा सहभागिताका लागि २१२ जनाको नाम मनोनयन भइ सकेको छ।

माइक्रो इन्स्योरेन्स नेटवर्क र म्युनिख रि फाउण्डेशनको सहयोगमा समावेशी बीमा सम्बन्धी सम्मेलन नेपालमा आयोजना गर्न लागिएको हो । सम्मेलनका लागि ठूलो आर्थिक श्रोत चाहिने भएकाले जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीले आपसी सहमतिमा खर्च बाँडफाँड गर्ने भएका छन् । सम्मेलनका लागि योगदानका आधारमा बीमकले निश्चित संख्यामा सहभागि समेत गराउन पाउने भएका छन् ।

द इन्टरनेशनल कन्फेरेन्स अन इक्लुसिभ इन्स्योरेन्स २०२४ नाम दिइएको सम्मेलन २१ देखि २५ अक्टुबरसम्म काठमाडौंमा आयोजना हुनेछ । कार्यक्रमको सह आयोजकहरूमा नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल बीमा प्राधिकरण रहेका छन् । यसअघि गत वर्ष कात्तिक महिनामा अफ्रिकी मुलुक घानामा १९ औं समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो ।

यसैगरी एशियन फोरम फर इन्स्योरेन्स रेगुलेटरको वार्षिक बैठक र सम्मेलन ८ देखि ९ अक्टुबर(असोज २२, २३ गते) मा काठमाडाैंमा आयोजना हुने कार्यक्रम रहेको छ। अक्टुबर ९ तारेखमा एशियन फोरम फर इन्स्योरेन्स रेगुलेटरको महासम्मेलन आयोजना हुनेछ ।

गतवर्ष काठमाडौंमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको एशियन इन्स्योरेन्स मिट

नेपाल बीमा प्राधिकरणले एशियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्स (एएफआईआर), बैंक फर इन्टरनेशनल सेटलमेन्ट (बीआईएस) को वित्तीय स्थिरता संस्थान (एफएसआई), र इन्टरनेशनल एसोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर (आईएआईएस) को सहकार्यमा यो सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलनमा एएफआईआर सदस्यहरू, एसियाली बीमा नियामक, बीमा प्रशिक्षण संस्था र अनुसन्धान केन्द्र, र एशिया र विश्वका अन्य भागका अन्य सम्बन्धित वरिष्ठ अधिकारीले भाग लिने अपेक्षा गरिएको छ।

यस वर्षको उच्चस्तरिय सम्मेलनले तीनवटा शत्रमा कार्यक्रम गर्नेछः

१) क्षेत्रीय बीमा नियामक सुधारहरू – भविष्य-प्रमाणित जोखिममा आधारित सल्भेन्सी दृष्टिकोण निर्माण
२) बीमा सुरक्षा अन्तरलाई पूर्ण बीमा नियामकको भूमिका र
३) बीमा उद्योगमा कृत्रिम बुद्धिमत्ताको विकास सहित वित्तीय नवप्रवर्तनमा नियामकीय दृष्टिकोण

१९ औं एएफआईआर वार्षिक बैठक र सम्मेलनको विषयवस्तु “सेफ गार्डिङ टुमरो: संरक्षण खाडल र जलवायू जोखिमलाई कम गर्न सामूहिक प्रयासहरू” को रूपमा घोषणा गरिएको छ। एशियाली बीमा नियामक, विश्व बैंक, एटुआइआइ, जिएआइपि, र ओइसिडी लगायत विभिन्न सरोकारवालाले जलवायू परिवर्तन र एशियाली बीमा नियामकले सामना गरेको संरक्षण अन्तर समस्याका कारण हालैका विश्वव्यापी प्रभावहरूबाट उत्पन्न भएका महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित हुने छलफलमा संलग्न हुनेछन्।

सम्मेलनले क्षेत्र भरका सहभागीहरूसँग सञ्जाल निर्माण, प्रत्यक्ष प्यानल छलफल, र क्षेत्रका नियामक र नीति निर्माता र अभ्यासकर्ताबीच विचार आदानप्रदान, क्षेत्रीय समकक्षसँग ज्ञान आदानप्रदानका अवसर, भविष्य साझेदारी निर्माण गर्ने अवसर प्रदान गर्नेछ।

यो सम्मेलन क्षेत्रीय बीमा नियामक र बीमाकर्मीका लागि उपस्थित हुनैपर्ने अवसर हो, नेपाल बीमा प्राधिकरणले उल्लेख गरेको छ,आफ्नो पदचिह्न विस्तार गर्न मात्र नभई आफ्ना स्थानीय समस्याको लागि थप सान्दर्भिक क्षेत्रीय समाधानको पहिचान गर्ने अवसर पनि मिल्नेछ।

गत वर्ष नेपालले विश्व बैंकको सहयोगमा एशियाली बीमा सम्मेलनको आयोजना गरेको थियो । जीवन बीमक संघ नेपालले नेपाल जापान उच्चस्तरिय बीमा सम्मेलनको आयोजना गरेको थियो।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS