GBIME
IME Life

नेपाल टेलिकमको दशैं अफर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल टेलिकमले दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा ग्राहकहरूका लागि दशैं अफर- २०८१ ल्याएको छ  । सो अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू असोज १३ गतेदेखि प्रारम्भ भई आगामी कात्तिक २३ गतेसम्म उपलब्ध हुने कम्पनीले बताएको छ ।

यस अफर अन्तर्गत साबिकका एफटीटीएचका प्याकेजहरूमा साबिककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटा र कम्बो प्याकेजहरूमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्यान्डविथ कायम गरिएको छ । यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ ।

SKYWELL
Crest

साथै एफटीटीएच नयाँ जडानमा जडान शूल्क ५००रुपैयाँ मिनाहा समेत गरिएको छ ।यसैगरी, दशैं अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरूका लागि ७९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधासहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ ।

साथै २५० मा  १ हजार मिनेट अल नेट भ्वाइस सुविधा सहितको १ हजार मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा १ हजार अन नेट एसएमएस सुविधाको १ हजार अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ ।

यी सबै प्याकेजहरूमा  प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको कम्पनीले बताएको छ ।

आगामी कात्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS