GBIME
IME Life

धितोपत्र बोर्डले दियो एलआईसी नेपाललाई ८८.४५% हकप्रद शेयर निष्कासन गर्ने अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलआईसी नेपाललाई हकप्रद शेयर जारी अनुमति दिएको छ।

धितोपत्र बोर्डले गत शुक्रबार एलआईसी नेपाललाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री गर्नेछ। कम्पनीले धितोपत्र बोर्डमा गत वर्ष असोज २९ गते हकप्रद शेयर निष्कासनको अनुमति माग्दै निवेदन दिएको थियो।

SKYWELL
Crest

कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् १ः०.८८४५ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर जारी गर्नेछ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।

हकप्रद निष्कासन एलआईसी नेपालले इक्रा एनपी आइआर ए’ रेटिङ पाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार एलआईसीले पाएको रेटिङले तोकिएको समयमै वित्तीय दायित्व पूरा गर्ने सवालमा पर्याप्त सुरक्षित रहेको अवस्थालाई जनाउँछ। यस्तो शेयर निष्कासनकर्ताले एकदमै न्यून कर्जा जोखिम बहन गरेका हुन्छन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS