GBIME
IME Life

बाढीपहिरोले १६ वटा जलविद्युत आयोजना क्षतिग्रस्त, विद्युत उत्पादन ठप्प

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढीपहिरोले देशभर ठूलो धनजनको क्षति पुर्याएको छ। शुक्रबारदेखि परेको अविरल वर्षाले ठाउँ–ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएका छन् भने बाढीले केही ठाउँमा सडक नै बगाएको छ। बाढीपहिरोमै परी थुप्रैले ज्यान पनि गुमाएका छन्।

यसैगरी बाढीपहिरोले देशका विभिन्नमा रहेका थुप्रै जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन्। हालसम्म प्राप्ति तथ्यांकअनुसार १६ वटा जलविद्युत आयोजनामा बाढीपहिरोले क्षति पुर्याएको छ।

SKYWELL
Crest

बाढीपहिरोले मकवानपुरस्थित मान्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना क्षति पुगेको छ। यसको पावर हाउस पूण रुपमा डुबेको छ भने विद्युत उत्पादन ठप्प भएको छ।

यसैगरी पाँचथरस्थित माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना बाढीले क्षतिग्रस्त भएको छ। गत वर्षको बाढीबाट पनि प्रभावित आयोजनाको पावर हाउस डुबानमा परेको छ।

पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजाना पनि क्षतिग्रस्त छ। गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएको हो। सोलुखुम्बुस्थित साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दूधकोशी जलविद्युत आयोजनाको हेडवक्र्समा क्षति पुगेको छ। विद्युत उत्पादन बन्द भएको छ।

त्यस्तै इलामस्थित सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति पुगेर उत्पादन बन्द भएको छ। सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ।

पाँचथरस्थित १ मेगावाटको फेमे खोला जलविद्युत आयोजनाको बाँध र विद्युतगृह पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने लमजुङस्थित सिउरीखोला जलविद्युत आयोजना (५ मेगावाट)को टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ।

लमजुङकै सुपरन्यादी जलविद्युत आयोजना (४० मेगावाट)को पहुँचमार्गमा क्षति पुगेको छ भने प्रोटेक्सन वाल भत्किएको छ। धादिङस्थित इलेप खोला तातोपानी जलविद्युत आयोजना (२५ मेगावाट)को पहुँचमार्गमा ठूलो क्षति भएको छ भने नुवाकोटस्थित माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना (२१६ मेगावाट) क्याम्प हाउस, पहुँचमार्गमा क्षति पुगेको छ भने ३ वटा कन्टेनर बगाएको छ।

यसैगरी पाँचथरको हेवाखोला जलविद्युत आयोजना (१० मेगावाट) क्रसर पुरिनुका साथै पहुँचमार्गमा क्षति पुगेको छ। यो आयोजनाको प्रसारणलाइनको टावर ढलेको छ भने पावर हाउसमा जडान गर्न ल्याइएका बाढीले सामग्री बगाएको छ।

पाँचथरकै सभाखोला बी जलविद्युत आयोजना (१५.१ मेगावाट)को पहुँचमार्ग र पावरहाउस पुरिएको छ भने बाँधमा क्षति पुग्नुका साथै अस्थायी पुल बगाएको छ।

पाँचथरकै सभाखोला सी जलविद्युत आयोजना (६.३ मेगावाट)को पहुँचमार्गमा क्षति पुगेको छ भने कास्कीको लान्द्रुक मोदी जलविद्युत आयोजना (८६.५९ मेगावाट)को पहुँचमार्गमा क्षति पुगेको छ। नुवाकोटको सुपर त्रिशूली जलविद्युत आयोजना (१०० मेगावाट)को २ वटा स्काभेटर, २ वटा लोडर र ३ वटा ट्रिपर बाढीले बगाएको छ। बेलिब्रिज पनि बगाएको छ भने पावर हाउस स्काभेसन पुरिएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS