GBIME
IME Life

भीषण वर्षाका कारण उपत्यकामा ३४ जना, देशैभर ८० जनाको ज्यान गयो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय विपद् न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार अपरान्हदेखि उपत्यकामा शुरू भएको निरन्तर झरीले धनजनको ठूलो क्षति भएको छ।

प्राधिकरणका अनुसार शनिबार साँझसम्ममा ८६ जनाभन्दा बढीले ज्यान गुमाएका छन्  । यीमध्ये काठमाडाैं उपत्यकामा ३४ जना, काभ्रेमा १४ जना, धादिङमा १५ जना, मकवानपुरमा ५ जना, सिन्धुपालचोकमा दुई र दोलखामा दुई ज्यान गएको छ।

SKYWELL
Crest

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा कूल ३४ जनाको ज्यान गएको छ। काठमाडौंमा ११, भक्तपुरमा पाँच, ललितपुरमा १८ ज्यान गएको छ। उपत्यकामा उद्धार गरिएकामध्ये १५ जना घाइते भएका छन् । सुरक्षाकर्मीले ४८१ जनाको उद्धार गर्न सफल भएका छन् । वर्षासँगै उपत्यकाका खोलामा आएको बाढीमा २१ जना हराइरहेका उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा यात्रुबाहक बसबाट १४ जनाको शव बरामद भएको छ। धादिङ जिल्लाको झ्याप्लेखोलामा पहिरोमा पुरिएको  लु १ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा शव र नम्बर नखुलेको अर्को एक यात्रु बाहक बसबाट थप ९ जनाको शव झिकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

बागमती, विष्णुमती, बल्खु, कर्मनाशा, नख्खु लगायतका उपत्यकाभित्र बग्ने साना ठूला सबै नदीमा आएको बाढीले छेउछाउका सडक र पुलमा क्षति पुगेको छ। नदी आसपासको ग्यारेज, गोदाम, तरकारी बजार, हाउजिङ कोलोनीहरू डुबाएको छ।

उपत्यकाभित्रको अधिकांश जलवायू मापन केन्द्रका रेकर्ड ब्रेकः

जल तथा माैसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार वर्षाका क्रममा केही जलवायू मापन केन्द्रमा वर्षाको नयाँ रेकर्ड गरिएको छ। विभागका अनुसार ललितपुरको चापागाउँमा २४ घण्टा अवधिमा ३२३ मिलिमिटर वर्षा मापन गरिएको छ । यसअघि सन् २००२ मा त्यहाँ एकैदिन २०० मिलिमिटर वर्षा मापन गरिएको थियो ।

पानीपोखरीमा ५३ वर्ष पुरानो रेकर्ड तोड्दै २२५.२ मिलिमिटर वर्षा भएको छ। यसअघि पानीपोखरीमा सन् १९७१ मा १९८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो ।

बूढानीलकण्ठ, नागार्जुन, चाँगुनारायण,  त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल जलवायू मापन केन्द्रमा पनि वर्षाको पुरानो रेकर्ड तोडिएको छ ।

 

नोटः शनिबार राति ८ः५४ बजे अध्यावधिक गरिएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS