GBIME
IME Life

सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सर्वोत्तम सिमेन्टले २०८१ असोज ५ गतेका दिन झापा जिल्लाको भद्रपुर–नगरपालिका वडा नं ९ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कम्पनीले आफ्नो सर्वोत्तम ईष्ट प्रालिको कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य गराएका छन् र कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको कम्पनीले जनाएको छ ।

उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ स्त्रि रोग विशेषज्ञ लगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु भएको थिए । साथै, उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नं ९ का वडा अध्यक्ष रामप्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेकबहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थिति रहेका थिए ।

SKYWELL
Crest

आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको हो । साथै आगामी दिनहरुमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जान कम्पनी प्रतिबद्ध छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS