GBIME
IME Life

भदौसम्म लघु जीवन बीमकले गरे करिब ७ करोडको व्यापार, कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्म लघु जीवन बीमकले करिब ७ करोड रुपैयाँ बढीको व्यापार गरेका छन्। नेपाल बीमा प्राकिरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्म तीनवटा लघु जीवन बीमकले ३ लाख ७१ हजार ९६७ वटा बीमालेख जारी गरेर ६ करोड ९६ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

भदौसम्म सबैभन्दा बढी व्यापार गर्नेमा गार्डिन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले २ लाख ७३ हजार ४५६ वटा बीमालेख जारी गरेर ३ करोड ३३ लाख ४३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

SKYWELL
Crest

यसैगरी भदौसम्म क्रेष्ट माइक्रो लाइफले ७१ हजार ५११ वटा बीमालेख जारी गरेर २ करोड ६३ लाख ९८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

लिबर्टी माइक्रो लाइफले भने भदौसम्म २७ हजार वटा बीमालेख जारी गरेर ९९ लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS