GBIME
IME Life

नेक क्यालिडोस्कोपमा विपास्नालाई ५० हजार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) को एसियन पेन्टस क्यालिडोस्कोप २०२४ सम्पन्न भएको छ । कलेजमा आज आयोजित कार्यक्रममा क्यालिडोस्कोप २०२४ का विजेताहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको हो ।

कलेजको आर्किटेक्ट विभाग र १८ औं ब्याच आर्किटेक्चरद्वारा आयोजित क्यालिडोस्कोप २०२४ प्रतियोगितामा विपास्ना कंशाकार विजयी हुँदै नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगिताको फस्ट रनरअफ सगुन कोइराला भए । उनले २५ हजार नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । श्रुतिका शाक्य सेकेण्ड रनरअप हुँदै नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल हुँदा अर्का विद्यार्थी आवाज गुरुङले सान्त्वना पुरस्कार प्राप्त गरे ।

SKYWELL
Crest

क्यालिडोस्कोपमा आर्किटेक्चरका विद्यार्थीहरुले १ महिना लगाएर विभिन्न डिजाइनहरु गर्ने गर्दछन् । ती डिजाइनहरु मध्येबाट निर्णायक कमिटीले उत्कृष्ट डिजाइन छनौट गर्दछन् । यो पटकको प्रतिष्पर्धामा कलेजका १८ औं ब्याच आर्किटेक्ट विभागका विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै कलेजका आर्किटेक्ट विभागका विभागिय प्रमुख एशोसिएट प्रोफेसर अनिल रेग्मीले आर्किटेक्ट अध्ययन गरिरहेका विद्यार्थीहरुले हासिल गरेका ज्ञान र सीपलाई उजागर गर्न क्यालिडोस्कोप महत्वपूर्ण प्लेटफर्म बनेको बताए । प्रतिष्पर्धालाई अझ निष्पक्ष र पारदर्शी बनाउँदै अधिकतम विद्यार्थीहरुको सहभागीता हुन सक्ने बनाइनु पर्नेमा जोड दिँदै विभागीय प्रमुख रेग्मीले कलेजको तर्फबाट प्रतियोगितालाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताए ।

नेक प्रशासन प्रमुख श्रीमा शर्माले विजयी विद्यार्थीहरुलाई शुभकामना दिँदै विद्यार्थीले हासिल गरेको ज्ञान र सीपलाई उजागर गर्न यस्ता प्रतियोगिताहरु महत्वपूर्ण हुने बताउँदै कलेज प्रशासन सदैव विद्यार्थीको हितमा रहने बताइन् । विद्यार्थी कल्याण शाखाका सचिब विष्णु प्रसाद भण्डारीले विद्यार्थीले तयार पारेको सृजनाहरुलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने योजना बनाइरहेको बताए । प्रतिष्पर्धामा सहभागी हुँदै गएपछि मात्र विद्यार्थीहरुले सफलता प्राप्त गर्ने भन्दै प्रतियोगिताले विद्यार्थीहरुमा थप उर्जा मिलेको बताए ।

एसियन पेन्टस् क्यालिडोस्कोपकी कार्यक्रम संयोजक असिस्टेन्ट प्रोफेसर रुजुला ताम्राकारले कलेजका क्यालिडोस्कोपको १२ औं संस्करण सम्पन्न भएको जानकारी दिँदै कलेजबाट उत्कृष्ट ५ जना विजयी विद्यार्थीहरुले अब कलेज स्तरीय प्रतिष्पर्धामा भाग लिन जाने बताइन् । उनले प्रतियोगिताले विद्यार्थीहरुको पढाई सँगसँगै प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गरेको जिकीर गरिन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS