GBIME
IME Life

हिमालयन लाइफको नयाँ बोनसदर घोषणा, अधिकतम ८६ रुपैयाँ पाउँदा कुनका बीमितले कति पाउँछन् ?

SPIL
NIC ASIA new
Sanima Reliance
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/२०८० को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट २०८१ असोज ७ गतेको पत्रबाट स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको जीवन बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।
कम्पनीले न्युनतम प्रति हजार २४ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।
सावधिक जीवन बीमा योजना
कम्पनीले न्युनतम प्रतिहजार २७ रुपैयाँदेखि ६४ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको यस बीमा योजनामा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३७ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४३ रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ कायम भएको छ ।
कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको मात्रै ७२ हजार ८ सय ५६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३७ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
सावधिक तथा आजीवन बीमा योजना
यो योजनमा कम्पनीले ९ वर्षको लागि ३६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि प्रति हजार ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि प्रति हजार ५७ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीकोे यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ८ हजार ८ सय ७४ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना
यस बीमा योजनाको हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि पनि प्रति हजार ५६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ७१ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ८६ रुपैयाँ बोनसदर कायम गरेको छ ।
कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ९ हजार ३३१ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्ने छन्न् ।
जीवन उपहार(अग्रिम भुक्तानी)मा कम्पनीले १६ वर्ष अवधिमा ४८ रुपैयाँ बोनस दिनेछ । जीवन उपहार (सावाधिक योजनामा कम्पनीले १५ वर्ष अवधिमा ३२ रुपैयाँ बोनस दिने जनाएको छ ।
सावाधिक जीवन बीमा योजना
कम्पनीको यस बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३८ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ७६ रुपैयाँ बोनसदर कायम गरेको छ ।
कम्पनीले यस बीमालेख १९ देखि १९ वर्ष अवधिको ४२ हजार ७ सय ९२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
सावाधिक तथा आजीवन जीवन बीमा योजना
यस बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३८ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४८ रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ७३ रुपैयाँ बोनसदर कायम गरेको छ ।
कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ५ हजार ६१६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४३ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
अग्रिम भुक्तानी सावाधिक जीवन बीमा योजना
यस योजनाको हकमा १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३४ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४६ रुपैयाँ बोनसदर कायम भएको छ ।
वार्षिक नगद फिर्ता जीवन बीमा योजना
यस योजनाको हकमा १४ वर्षको लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४१ रुपैयाँ, बोनसदर कायम भएको छ ।
सुरक्षित भविष्य जीवन बीमा योजना
यस योजनाको हकमा १४ वर्षको लागि १८ रुपैयाँ, १५ वर्षदेखि २३ वर्षसम्म अवधिको लागि प्रति हजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार २९ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ३५ रुपैयाँ बोनसदर कायम भएको छ ।
३० वर्षे जीवन रक्षक (सीमित भुक्तानी) सावाधि लघु जीवन बीमा र कर्पोरेट जीवन बीमा योजना
यस योजनाको हकमा १४ वर्षको लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर कायम भएको छ ।
सावाधिक तथा वालबच्चा सावाधिक जीवन बीमा योजना
यस योजनाको हकमा ९ वर्षको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्षको लाग ३६ रुपैयाँ १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार ३९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ७५ रुपैयाँ बोनसदर कायम भएको छ ।
सिमित भुक्तानी सावाधिक जीवन बीमा(एकल)
यस योजनाको हकमा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार ३२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ र २५ वा सोभन्दा माथिको लागि ४५ रुपैयाँ बोनसदर कायम भएको छ ।
सिमित भुक्तानी सावाधिक जीवन बीमा योजना
यस योजनाको हकमा १० देखि १४ वर्षको लागि ३३ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ७५ रुपैयाँ बोनसदर कायम भएको छ ।
सावाधिक तथा आजीवन जीवन बीमा योजना
यस योजनाको हकमा ९ वर्षको लागि ४० रुपैयाँ, १० देखि १४ वर्षको लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ७४ रुपैयाँ बोनसदर कायम भएको छ ।
सिमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजना
यस योजनाको हकमा कम्पनीले ९ वर्षदेखि १५ वर्ष वा सो भन्दा माथिको सबै योजनामा ५० रुपैयाँ बोनसदर कायम गरेको छ ।
वार्षिक अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना
यस योजनाको हकमा ९ वर्षको लागि २४ रुपैयाँ, १० देखि १४ वर्षको लागि २७ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार ३३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ३३ रुपैयाँ बोनसदर कायम भएको छ ।
अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना
यस योजनाको हकमा ९ वर्षको लागि २४ रुपैयाँ, १० देखि १४ वर्षको लागि २४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिको लागि प्रति हजार २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ४१ रुपैयाँ बोनसदर कायम भएको छ ।
जीवन आधार जीवन बीमा योजना
यस योजनाको हकमा ९ वर्षदेखि १५ वर्ष सोभन्दा माथि अवधिको सबै अवधिमा ५० रुपैयाँ बोनसदर कायम भएको छ । जीवन सम्पन्न बीमा योजनाको सबै अवधि ९ वर्ष देखि १५ वर्ष वा सोभन्दा माथिको अवधिका लागि ५३ रुपैयाँ बोनसदर दिने भएको छ । जीवन उत्थान बमिा योजनाका सबै अवधिका लागि कम्पनीले ४० रुपैयाँ, जीवन आवरण बीमा योजनाका सबै अवधिमा कम्पनीले ४३ रुपैयाँ बोनस दिने भएको छ ।
बालबच्चा सावाधिक जीवन बीमा योजनामा कम्पनीले ९ वर्षको लागि ३३ रुपैयाँ १० देखि १४ वर्षको लागि ३६ रुपैयाँ र १५ वर्षबाट १९ वर्षको लागि ३९ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

57%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS