GBIME
IME Life

फोनलोनसँगको सहकार्यमा हाम्रोबजारले सुरु गर्यो बाइ नाउ, पे लेटर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रोबजारले फोनलोनसँगको सहकार्यमा बाइ नाउ, पे लेटर फिचर सार्वजनिक गरेको छ। फिचरलाई हाम्रोबीएनपीएल नाम दिइएको छ। अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने छन्। किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने हाम्रो विश्वास छ।

कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरुले किस्ताबन्दीको सुविधा आआफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्छन्।

SKYWELL
Crest

हाम्रो बीएनपीएल मार्फत ग्राहकहरुले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन। ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरुले भने डाउनपेमेन्ट बिनानै सुविधा उपभोग गर्न सक्छन्। हाम्रो बजारको हाम्रोबीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरुले छनोट गर्न सक्छन्।

आफूलाई आवश्यक परेको वा मनपरेको प्रडक्ट फोनलोन प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङबाटै क्यूआरकोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सक्छन्।

हाम्रोबीएनपीएल भुक्तानीको माध्यम मात्रै होइन। यो नेपाली उपभोक्ताहरुका लागि इ-कमर्समा गेमचेन्जर फिचर हो। हाम्रोबजारसँगको सहकार्यमा हामीले हाम्रा ग्राहकहरुलाई तत्काल सबै पैसा भुक्तानी गर्नुपर्ने बाध्यताबाट छुट्कारा दिँदै तनावविना सामान खरिद गर्ने वातावरण सृजना गर्न खोजेका हौं। यसले हाम्रा ग्राहकहरुलाई फाइनान्सियल फ्लेक्जिबिलिटी प्रदान गर्छ, फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले भने।

फोनलोनको बारेमा
फोनलोन नेपालको सबैभन्दा ठूलो डिजिटल कर्जा दिने माध्याम हो। यसले योग्य प्रयोगकर्ताहरुलाई तत्काल, धितोविनै ऋण उपलब्ध गराउँछ। जसका लागि विभिन्न बैंकहरुसँग सहकार्य गरिरहेको छ।

हाम्रोबजारको बारेमा
हाम्रोबजार नेपालको सबैभन्दा ठूलो मार्केटप्लेस हो। हाम्रोबजारमा विविध रेन्जका प्रडक्ट उपलब्ध छन्। भरपर्दो प्लाटफर्मकोरुपमा हाम्रोबजार गुणस्तरीय सामान उपलब्ध गराउँदै उपभोक्ताहरुको किनमेल अनुभवलाई एकदम फरक बनाउन प्रतिबद्ध छ। आम उपभोक्ताका लागि कम्पनीले

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS