GBIME
IME Life

विद्युत नियमन आयोगबाट अपी पावरको लाभांश अस्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विद्युत नियमन आयोगले अपी पावरको प्रस्तावित लाभांश अस्वीकृत गरेको छ।

आयोगले अपी पावरले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित लाभांश अस्वीकृत गरेको हो। कम्पनीले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि आयोगमा पठाएको थियो।

SKYWELL
Crest

आयोगले भने कम्पनीको उक्त आर्थिक वर्ष लेखापरीक्षणबाट अनरिलाइज्ड गेनलाई खुद मुनाफामा देखाई लाभांश वितरणको सन्दर्भमा स्पष्ट तथ्यसहित जबाफ पेस गर्न गत भदौ १९ गते कम्पनीलाई पत्राचार गरेको थियो।

कम्पनीले भदौ २० गते आयोगमा पत्र पठाएर कम्पनीको उक्त आर्थिक वर्षको वित्तीय विवरण नेपाल लेखा प्रतिवेदन मानअनुरुप तयार पारिएको र सो लेखा प्रतिवेदन मानमा कम्पनीको स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजारमूल्यमा प्रस्तुत गरेको र सो बजारमूल्य थपघटलाई नाफा–नोक्सान हिसाब अथवा विस्तृत आम्दानीमा लेखांकन गर्न पाउने स्पष्ट व्यवस्था भएबमोजिम गरिएको जबाफ दिएको थियो।

आयोगले भने त्यस विषयमा छलफल गर्दा यस्तो कार्यलाई कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०)ले बर्जित गरेको हुँदा स्वीकृति दिन नमिल्ने जनाएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS