GBIME
IME Life

काठमाडौंमा आउँदो अक्टोबर तेस्रो साता बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं आउँदो अक्टोबरको तेस्रो साता बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।

नेपाल बीमा संघ, जीवन बीमा संघ नेपाल र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा अक्टोबर २२ तारिखदेखि ‘इन्टरनेसनल कन्फ्रेन्स अन इन्क्लुसिभ इन्स्योरेन्स–२०२४’ हुने भएको हो। यो सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलन दिउँसो ४ बजेदेखि साँझ साढे ५ बजेसम्म चल्नेछ।

SKYWELL
Crest

चार सत्रमा हुने सम्मेलनमा विशेषगरी नेपालमा समावेशी बीमा बजारको विकास गर्न के चाहिन्छ ? भन्ने विषयमा छलफल हुनेछ।

सम्मेलनमा वक्ताका रुपमा ५ जना रहनेछन्। वक्ताका रुपमा दिपप्रकाश पाण्डे (सीईओ शिखर इन्स्योरेन्स), पोषकराज पौडेल (सीईओ सिटिजन लाइफ इन्स्योरेन्स तथा जीवन बीमा संघ नेपालका अध्यक्ष), उपासना पौडेल (सीईओ हिमालयन रिइन्स्योरेन्स), चिरायु भण्डारी (सीईओ गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स) र सुशीलदेव सुवेदी (निर्देशक नेपाल बीमा प्राधिकरण) रहनेछन्।

यूएनडीपी–आईआरएफएफ थाइल्यान्डको एसिया प्रशान्त क्षेत्रकी प्रमुख डायना अल्मोरोले सम्मेलनमा सहजकर्ताको भूमिका निर्वाह गर्ने छिन्।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS