काठमाडौं । नेपाल एसबिआई बैंक र आगन्तुक रिसोर्ट धुलिखेल बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी आवास सुविधामा १५% र खाध्य तथा पेय पदार्थमा १० प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंटा र आगन्तुक रिसोर्ट प्रा। लि।का बरिष्ट प्रबन्धक (बजार तथा बिक्रि) सरस्वति गुरुङले हस्ताक्षर गरेका थिए ।
उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत, यादवेंद्र कांत, सल्लाहकार, पिराज पंत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा रिसोर्टका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।