काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७४ लाख ३९ हजार बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल ७४ लाख ३९ हजार २५० कित्ता बोनस शेयर थपिएको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो।